तीज गीत ‘ओइ बुढा’ सार्वजनिक

  • २०८२ श्रावण २०, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • ५०४ पाठक संख्या

  • काठमाडौं । हालै सरोज लामिछाने र मञ्जु गौतमको नयाँ नेपाली तीज गीत ‘ओइ बुढा नयाँ साडी खोइ बुढा’ सार्वजनिक गरेका छन्।
    सन्तोष लामिछानेको शब्द रहेको गीतमा सरोज लामिछानेलाई गायनमा मञ्जु गौतमले साथ दिएकी हुन् । सरोज लामिछानेकै संगीत रहेको गीतमा रामकृष्ण थापाको एरेन्ज र खडक बजुरालीको मिक्सिङ छ। राजेन्द्र बजुराली, सागर बजुराली र गोविन्द पराजुलीले गीतलाई रेकर्ड गरेका हुन्।
    गीतको भिडियोलाई मिलन श्रेष्ठको निर्देशन गरेका छन्। जसमा दीपेन्द्र सुनाम र सरिता डंकोटी फिचर्ड छन्। सन्तोष तिमल्सिनाले खिचिेको भिडियोमा प्रतिभा चम्लिङको कोरियोग्राफी छ।
    रोशन धितालले सम्पादन गरेको गीतको भिडियो सरोज लामिछानेको युट्युब च्यानलमार्फत सर्वाजनिक भएको हो।
    भिडियो :

    प्रतिक्रिया दिनुहोस