२०८३ आश्विन १०, शनिबार  | Sat, 26, Sep, 2026

रोशी खोलाले बीपी राजमार्गको चौकीडाँडा र घुमाउनेको डाइभर्सन बगायो

  • २०८३ आश्विन ९, शुक्रबार मा प्रकाशित १ दिन अघि
  • १९ पाठक संख्या

  • रोशी/रोशी खोलमामा आएको बाढीले बीपी राजमार्गको अन्तर्गतको चौकीडाँडा र घुमाउनेको अस्थायी डाइभर्सन बगाएको छ । अविरल बर्षासंगै रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा र रोशी ७ को घुमाउनेमा बाढीले अस्थायी डाइभर्सन बगाएको हो ।
    बाढीले डाइभर्सन बगाएपछि बिपी राजमार्ग पूर्णरुपमा अजरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएस्पी रविन विष्ट जानकारी दिनु भयो ।
    त्यस्तै बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑