मतदाता प्रभावमा पारेको भन्दै बनेपा ११ एमालेका अध्यक्षका उम्मेदवार र गाडी प्रहरी नियन्त्रणमा

Post Thumbnail
  • २०७९ बैशाख २९, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३०८२ पाठक संख्या

  • स्थानीय तहको निर्वाचनका लागि मौन अवधिमा गाडीसहित बस्तीमा छिरेका वडाअध्यक्षका उम्मेदवार शिवकुमार थापालाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् ।

    मतदाता प्रभावमा पारेको भन्दै बनेपा ११ एमालेका अध्यक्षका उम्मेदवार र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बनेपा ११ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका प्रत्यासी शिवकुमार थापा कार्यकर्तासहित बस्ती छिरेपछि स्थानीयले मतदाता प्रभावित गर्न खोजेको भन्दै प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि पुगेको प्रहरीले उम्मेदवार र उनले प्रयोग गरेको गाडीसहित इलाका प्रहरी कार्यालय बनेपामा ल्याएको छ ।

    घटनाबारे थप बिबरण आउँन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस