२०८३ कार्तिक १६, सोमबार  | Mon, 02, Nov, 2026

बासडोलमा २८ जनाद्वारा रक्तदान

  • २०८३ कार्तिक १५, आईतबार मा प्रकाशित २२ घण्टा अघि
  • ४२ पाठक संख्या

  • बास्डोल/नेपाल रेडक्रस सोसाईटी महेन्द्रज्योति उपशाखा र युवा परिवर्तन समाज बासडोलको संयुक्त आयोजनामा भएको खुला रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।
    काभ्रे जिल्ला रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल रेडक्रस सोसाईटी महेन्द्रज्योति उपशाखाका अध्यक्ष मुकुन्द शर्मा वाग्लेले सबैलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नु भयो । उहाँले रक्तदान केवल रगत दिनु मात्र नभइ जीवन बचाउने मानवीय सेवा भएका बताउनु भयो
    समाजमा रक्तदानप्रतिको सकारात्मक सोच, मानवीय भावना र सामाजिक एकतालाई अझ मजबुत बनाएको उहाँको विश्वास रहेको थियो ।

    उहाँले कार्यक्रममा उपस्थित भई हौसला र साथ प्रदान गर्नुहुने जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाईटी महेन्द्रज्योति उपशाखाका पदाधिकारी, कार्यसमिति सदस्यहरू तथा पूर्व पदाधिकारी तथा काभ्रे जिल्ला रक्तसञ्चार केन्द्रप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

    विशेषगरी, संयुक्त रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने प्रस्ताव राख्नु भई कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने युवा परिवर्तन समाज बासडोलका अध्यक्षज्यू, पदाधिकारीज्यूहरू तथा सम्पूर्ण सदस्यहरूप्रति विशेष आभार व्यक्त गर्दछु भन्दै सभापति वाग्लेले भावि दिनमा पनि यस्तै सामाजिक उत्तरदायित्वका कामहरुमा क्लब सँग हातेमालो गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    ↑