व्यक्तीको जग्गामा सडक पुर्याउन उपभोक्ता समितिको अध्यक्षको मिलेमतोमा पूर्व नगर सदस्य केबल रम्तेलले लिए लाखौं रुपैया, सम्बन्धित निकायले देखाएन चासो

Post Thumbnail
  • २०७९ जेष्ठ २४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३१३४ पाठक संख्या

  • जनप्रतिनिधिले आफ्नै खर्चमा विकास निर्माण गरेका थुप्रै घटना छन् । पैसा नपुग्दा हालिदिएर बाटो, खानेपानी, चौतारा निर्माण गरेको सुनिरहेका थियौ । तर सदरमुकाम नजिकै रहेको पनौती नगरपालिकाका पूर्व एक जनप्रतिनिधिको मिलेमतोमा सडक बनाउँदाको रकम मात्र अनियमितता भएन, एक व्यक्तीको जग्गामा सडक पुर्याएबापत लाखौ रकम लिएको खुलेको छ । पनौती नगरपालिकाका निवर्तमान नगर कार्यपालिका सदस्य केबल रम्तेलले उपभोक्ता समितिका अध्यक्ष दिलिप रम्तेलको मिलेमतोमा लाखौ रकम लिएको खुलेको हो ।

    पनौती ९ सुन्थानमा भिमसेनस्थान प्रगति मार्ग मोटरबाटो निर्माण अन्तर्गत मिजार टोलबाट दशरथ भण्डारीको ज्वाईको बारीमा जाने मोटरबाटो निर्माणमा उपभोक्ता समितिले केबल रम्तेल सँगको मिलेमतोमा सम्बन्धित जग्गा धनीसंग ५ लाख लिएको हो । श्रोतका अनुसार दशरथ भण्डारीले ज्वाईको तर्फवाट लिइएको ५ लाखमा तीन लाखको चेक उपभोक्ता समितिका अध्यक्ष दिलिप रम्तेलको नाममा र अन्य नगद दशरथ भण्डारीले निर्माणमा उपभोक्ता समितिका अध्यक्ष दिलिप रम्तेल र निवर्तमान नगर कार्यपालिका सदस्य केवल रम्तेललाई दिएका थिए । श्रोतका अनुसार ज्वाईबाट ५ लाख रुपैया लिएका दशरथ भण्डारीले आफुले एक लाख राखेर ४ लाख मात्र दिलिप र केबललाई दिएका थिए ।

    समितिका अध्यक्ष दिलिप रम्तेलले लिएको ३ लाखको चेक मध्ये २ लाख रुपैया केबल रम्तेल र १ लाख रुपैया दिलिप रम्तेलले बाँडेर लिएका थिए । रकम लिएर बाँडेको कुरामा केबल रम्तेल र दिलिप रम्तेलले समेत स्वीकारेका छन् । ‘५ लाख रुपैया त हैन् ३ लाख रुपैयाको चेक दशरथ भण्डारीले मेरो नाममा दिएका थिए, मैले साटेर १ लाख रुपैया आफैले राखें र २ लाख रुपैया केबल रम्तेललाई दिए ।’– भिमसेनस्थान प्रगति मार्ग मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष दिलिपले टेलिफोनमा जानकारी दिए । उनले आफ्नो नाममा चेक आएकोले आफैले साटेको र केबल र आफुले बाँडेको जानकारी दिए । उनले आफुले पाएको रकम स्टक राखेको समेत जानकारी दिए ।

    नगर कार्यपालिकाका निवर्तमान सदस्य केबल रम्तेलले आफुहरुले पैसा लिएको स्वीकार गरे । उनले आफुहरुले धम्क्याएर पैसा लिएको नभै खुशीसाथ लिएको जानकारी दिए । ‘पैसा लिएको हो, आबश्यक परेमा सम्बन्धित ठाउँमा देखाउँछु ।’–केबल रम्तेलले भने । उनीसँग टेलिफोनमा कुरा गर्ने क्रममा आक्रोशित हुँदै पत्रकारहरुले पैसा खोजेको त होलानी भन्दै धम्क्याउन समेत भ्याए । यो समचार कसरी त्यहाँ पुग्यो राम्रो थाहा छ, पैसा खोजेको हो तपाईले भन्दै उल्टै गर्वका साथ पैसा लिएको स्वीकार गरिरहेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस