काँग्रेस प्रवेशको लहर, रयाले मै साढे दुई सय एमाले छाडेर काँग्रेस प्रवेश

Post Thumbnail
  • २०७८ फागुन १६, सोमबार मा प्रकाशित १ साल अघि
  • ३७०७ पाठक संख्या

  • नेपाली काँग्रेसमा आकर्षण बढ्दै गएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न पार्टी छाडेर नेपाली काँग्रेसका प्रवेश गर्नेको लहर नै चलेको हो ।

    यसैक्रममा आज (सोमबार) पनौती नगरपालिका वडा न १ रयालेमा एमाले पार्टी छाडेर साढे दुई सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन । कम्युनिष्टले जनतालाई भ्रम छरेको, मुलुकमा अस्थिरता निम्ताएको भन्दै उनीहरुले एमाले छाडेर काँग्रेस रोजेको बताएका छन । नेपाली काँग्रेस रयाले वडा समितिद्धारा टोल समिति, भातृ संस्था गठन, पार्टी प्रवेश तथा बृहत साँस्कृतिक कार्यक्रमको अवसरमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

    एमाले छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेकालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्धय मधुप्रसाद आचार्य र गणेश लामा, बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, जिल्ला सभापति तीर्थ लामाले टिका, खादा र पार्टी सदस्यता वितरण गरेका थिए ।

    रयाले काठमाडौं सम्पर्क समितिका अध्यक्ष ध्रुव सापकोटाले कम्युनिष्टहरुले काँग्रेस भए कै कारण खिसिटियुरी गर्ने, होच्याउने गर्दा रयालेमा संगठन विस्तार गर्न नसकेको तितो यथार्थ रहेको स्मरण गर्नुहुँदै अब कम्युनिष्टलाई पराजित गर्न सक्ने अवस्थामा काँग्रेस पुगेको बताए । उनले रयालेको माटोले नेपाली काँग्रेसको नेतृत्व खोजेको बताए ।

    स्थानीय तथा नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य साधुराम सापकोटाले कम्युनिष्टको डर, त्रास र धम्कीका कारण धेरै मानिस काँग्रेस भएर पनि खुल्न नसकेको अवस्थाबाट रयाले मुक्त भएको बताए ।

    एक दशक अगाडि सम्म काँग्रेस भनेर हिड्न नसक्ने रयालेमा अहिले काँग्रेसले बृहत कार्यक्रम गर्न सक्ने अवस्थामा पुग्नु यस ठाउँको ठूलो उपलब्धी भएको स्थानीयले बताएका छन ।
    पर्खाल चौरबाट कार्यक्रम स्थल मुरली खोलासम्म मोटर साइकलको ¥याली सहित काँग्रेसले शक्ती प्रर्दशन गरेको थियो । पनौती नगरपालिका वडा न १ रयालेका सभापति लक्ष्मण सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्धय मधुप्रसाद आचार्य र गणेश लामा, बागमती प्रदेश महामन्त्री कञ्चनचन्द्र बादे, जिल्ला सभापति तीर्थ लामा, सचिव माधव ढकाल, प्रदेश सभा सभापति रामहरी श्रेष्ठ, पनौती नगरसभापति रामशरण भण्डारी, भुम्लु सभापति दाबा लामा, जनजाती संघका सभापति रोशन लामा, महिला नेत्री अन्जु रञ्जित लगायतले काँग्रेसले जे बोल्छ, त्यही गर्छ भन्ने जनताले बुझदैँ जान थालेपछि काँग्रेसमा जिल्लाभर आकर्षण बढेको बताए ।

    उक्त कार्यक्रममा काँग्रेस जोगाउन भूमिका खेल्ने अग्रजलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस