२०८३ आश्विन १०, शनिबार  | Sat, 26, Sep, 2026

बेथानचोकका छ वटै वडामा होल्डिङ सेन्टर

  • २०८३ आश्विन ९, शुक्रबार मा प्रकाशित १ दिन अघि
  • ७५ पाठक संख्या

  • बेथानचोक/ बेथानचोक गाउँपालिकाको छ वटै वडामा होल्डिङ सेन्टर तयार गरिएको छ ।

    लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि बेथानचोक गाउँपालिकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा राख्न छ वटै वडामा होल्डिङ सेन्टर तयार गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । तत्काल स्थानान्तरणको अवस्था नरहे पनि जोखिम महसुस गरेका नागरिकलाई सुरक्षित स्थानमा जान गाउँपालिकाले आग्रह गरिएको उनले बताए ।

    गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार बनेपाली टोल, पुरानो बनेपाली टोल, दुर्लुङखोला, नयाँबस्ती, चलाल गणेशस्थान,  बगर क्षेत्र, च्याल्टी, लगायतका क्षेत्रलाई सम्भावित जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी आवश्यक तयारी गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    ↑