२०८३ आश्विन ६, मंगलबार  | Tue, 22, Sep, 2026

तरुण नेता वैद्यको बनेपा नगर सभापतिमा उम्मेदवारी

  • २०८३ आश्विन ६, मंगलबार मा प्रकाशित १ घण्टा अघि
  • ३६ पाठक संख्या

  • बनेपा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बनेपा नगरपालिकाको सभापतिमा तरुण नेता सुधिर वैद्यले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।

    नेपाल तरुण दलको केन्द्रीय सदस्यको रुपमा कार्य गर्नु भएका वैद्य युवा पुस्तामाझ परिचित तथा सामाजिक सेवामा सक्रिय हुनुहुन्छ । संगठन सुदृढीकरण, युवाको नेतृत्व विकास र निरन्तर सामाजिक सेवाको अभियानका रूपमा क्रियाशील वैद्य जिल्लाका विभिन्न क्षेत्रका युवालाई एकतावद्ध गर्दै संगठनलाई चलायमान बनाउन भूमिका खेल्दै आउनु भएको छ ।


    विगतमा विपद्, दुःख तथा समस्यामा परेका व्यक्तिहरूलाई राहत सामग्री लिएर आफैं पुग्ने, पीडित परिवारको अवस्था बुझ्ने र आवश्यक सहयोग जुटाउने कामलाई उहाँले आफ्नो सामाजिक दायित्वका रूपमा लिँदै आउनु भएको छ । उहाँको राजनीतिक यात्रामा युवा सहभागिता, संगठन निर्माण र सामाजिक सेवाको संयोजन मुख्य आधारका रूपमा देखिन्छ । विशेषगरी युवालाई पार्टी संगठनसँग जोड्दै उनीहरूको क्षमता र नेतृत्व विकासमा अवसर सिर्जना गर्नुपर्नेमा वैद्यले कार्य गर्दै आइरहनु भएको छ ।
    अब नगर सभापति मार्फत युवाको ऊर्जा र अनुभवलाई एक ठाउँमा ल्याउन सके नेपाली कांग्रेसको संगठनलाई अझ प्रभावकारी र गतिशील बनाउन सकिने भएकोले आफूले बनेपा नगरको सभापतिमा उम्मेदवारी प्रस्तुत गरेको बताउनु हुन्छ । कांग्रेसको संगठन बलियो बनाउन कार्यालयमा बसेर मात्र हुँदैन, कार्यकर्ताको घरदैलो र जनताको दुःख–सुखमा पुग्नुपर्छ । म पदका लागि होइन, जिम्मेवारीका लागि अघि बढेको हुँ । बनेपाको कांग्रेसलाई सबैको कांग्रेस बनाउने मेरो प्रयास हुनेछ,” वैद्यको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस