बनेपा/बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३औं बार्षिक साधारण सभा स्थगीत भएको छ । संस्थाको बार्षिक कार्यतालिका अनुसार असोज ९ गतेदेखी ११ गतेसम्म ३ दिनसम्मको लागि निर्धारण गरिएको ३३औं बार्षिक साधारण सभा अर्को सूचना प्रकाशन नहुन्जेलसम्मका लागि स्थगीत गरेको हो ।
नेपाल सरकार मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मिति २०८३ असोज ८ गतेदेखी १२ गतेसम्म भारी बर्ष भई बाढी पहिरोको उच्च जोखिम बढ्न सक्नेभएकाले बिशेष सतर्कता अपनाउन गरेको आग्रह र सथानीय प्रसाशनले समेत अत्यावश्यक कार्यमा बाहेक हिडडुल नगरी सतर्कता अपनाई सुरक्षित रहन जारी सूचनाको पालना गर्दै बिन्धवासिनी साकोसले साधारण सभा स्थगन गरेको छ ।
हिजोदेखी परेको बर्षा र मौसम पूर्वानुमान महाशाखाको मौसमी विवरण अनुसार प्रतिकुल मौषमका कारण साधारण सभा कार्यक्रम संचालन गर्न असहज हुने कार्यक्रम नै प्रभावित हुनसक्ने र सम्भावित जोखिम न्युनीकरण लागि साधारण सभा स्थगन गर्न उचित हुने भनी शेयर सदस्यहरुबाट समेत राय सुझाव प्राप्त भएकाले संस्थाको ३३औं बार्षिक साधारण सभा स्थगन गरिएको संस्थाका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस