राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान काभ्रे शाखा अध्यक्षमा वाई पि घिमिरे

  • २०८२ कार्तिक २२, शनिबार मा प्रकाशित १ महिना अघि
  • १३४ पाठक संख्या

  • बनेपा/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति अध्यक्ष पदमा याङ्क प्रसाद घिमिरे (वाई पि) चयन भएका छन ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति काभ्रेको छैठौं अधिबेशन तथा १२ औ वार्षिक साधारण सभाबाट वाई पि घिमिरेको अध्यक्षता नयाँ कार्य समिति चयन गरेको हो ।

    बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनबाट आगमी ३ बर्षे कार्यकालका अध्यक्ष घिमिरे सहित प्रथम उपाध्यक्ष रमेश थापा, द्वितीय उपाध्यक्ष नवराज फुयाल, महिला उपाध्यक्ष सिर्जना श्रेष्ठ, सचिव चेतनाथ तिमल्सिना, सह-सचिव रमन तिमल्सिना, कोषाध्यक्ष निशा घिमिरे, सह-कोषाध्यक्ष यादव कोइरालालाई चयन गरेको छ । सदस्यहरू प्रमिला पाण्डे, शोभा खनाल, संगिता ढकाल, सुसन के सि, ठक्कर प्रसाद तिमल्सिना, अम्बिका आचार्य, अमृता पौड्याल, मछेस्वर श्रेष्ठ, श्याम सापकोटा र मोजकुमारी तिमल्सिना चयन भएका छन ।

    प्रतिक्रिया दिनुहोस