भकुण्डेबेँशी/ नेपाली कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत नमोबुद्ध नगरपालिकाको नगर सभापति पदमा युवा नेता रमेश तिवारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
बुधबार हुने पालिकास्तरीय अधिवेशनलाई लक्षित गर्दै तिवारीले नगर सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन्। पार्टी संगठन निर्माण तथा नेतृत्व चयन प्रक्रिया अघि बढिरहेका बेला उनले संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, पार्टीभित्र सहकार्य र संवादलाई प्राथमिकता दिँदै पारदर्शी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय तह निर्वाचनपछि विशेषगरी नमोबुद्ध नगरपालिका–३ मा विकास निर्माण तथा जनहितका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन तिवारीले खेलेको भूमिकाको स्थानीय कार्यकर्ता तथा शुभेच्छुकहरूले प्रशंसा गर्दै सफलताको शुभकामना दिएका छन्।
अधिवेशनमा सहभागी प्रतिनिधिहरूले उम्मेदवारका विचार, प्रतिबद्धता तथा विगतका गतिविधिको मूल्याङ्कन गर्दै आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस