ढुंखर्कमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

  • २०८३ भाद्र ८, सोमबार मा प्रकाशित २ घण्टा अघि
  • ६५ पाठक संख्या

  • ढुंखर्क/नेपाली कांग्रेसका नेता सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको बेथानचोक २ ढुंखर्कमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

    केएमसीको प्राविधिक सहयोगमा बेथानचोक गाउँपालिका वडा नं २ को आयोजनामा उक्त वृहत स्वास्थ्य शिविर भएको हो । शिविरमा ४३७ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

    शिविरमा ६८ जनाको भिडियो एक्सरे, ३५ जनाको ईसीजी गरिएको थियो । ५१ जनाको ल्याब परीक्षण गरिएको थियो । ६ जनाको दाँत खोलिएको थियो । त्यसैगरी १३ जनालाई थप उपचारका लागि केएमसी रिफर गरिएको छ ।

    शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने भक्तपुरको दुवाकोटमा केएमसीको युनिट २ विस्तार गरिएको छ । ती अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस