भकुण्डेबेशी/ विपि राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं २ बुच्चाकोट सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु हुने ८ जना मध्ये ४ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा रोशी गाउँपालिका ७ निवासी ३४ वर्ष कि फुल माया तामाङ, रोशी गाउँपालिका ६ निवासी ७५ वर्षका इन्द्र बहादुर झाँक्री, रोशी गाउँपालिका ८ निवासी ६० वर्षकी प्यारी माया तामाङ र दैलेखका ३० वर्षीय बम बहादुर भण्डारी (नेपाली सेनाको अमलदार ) रहेको पहिचान खुलेको छ ।
बनेपाबाट रोशी गाउँपालिका वडा नं ६ सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको यात्रुबहाक बस बीपी राजमार्गको सेल्फीडाँडा खण्डबाट करिब ५ सय मिटर तल खसेको थियो ।
दुर्घटनाबाट मुत्यु हुने ४ जनाको सनाखत हुने क्रममा रहेको छ भने घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस