आर्शु स्मृति प्रतिष्ठान नेपालको पहलमा जुम्ल्याहा शिशुहरूको नि:शुल्क उपचार

  • २०८३ अषाढ १२, शुक्रबार मा प्रकाशित ४ घण्टा अघि
  • ३५ पाठक संख्या

  • काभ्रे । नमोबुद्ध नगरपालिका-५ निवासी निर्मल परियार र शान्ति नेपालीको परिवारमा ७ महिनामै जन्मेका जुम्ल्याहा बाबुहरूको निःशुल्क औषधि उपचार गरेको छ ।


    आर्शु स्मृति प्रतिष्ठान नेपालको पहलमा धुलिखेल अस्पतालको मानवीय सहयोगले जुम्ल्याहा शिशुको निःशुल्क उपचार भएको हो । आर्थिक अभावका कारण समयअघि जन्मिएका शिशुहरूलाई तत्काल सघन उपचारमा कठिनाइ थपिएको थियो ।
    उपचारका क्रममा एक शिशुले १६ दिन र अर्काे शिशुले २६ दिनसम्म ICU मा रहेर जीवनसँग संघर्ष गरेका थिए। अन्ततः उनीहरूको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको अस्पतालले जानकारी दिएको छ। हाल दुवै शिशु वार्डमा रहेका छन् भने केही दिनभित्रै घर फर्किने तयारीमा छन्।


    आर्थिक अभावका कारण आशा हराउँदै गएको परिवारका लागि यो खबर केवल उपचारको सफलता मात्र नभई नयाँ जीवन, नयाँ आशा र नयाँ खुसीको सुरुवात बनेको छ।
    यस मानवीय कार्यमा महत्वपूर्ण सहयोग पुर्‍याउने धुलिखेल अस्पताल, आर्शु स्मृति प्रतिष्ठान नेपालका सम्पूर्ण सदस्यहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
    मानवताको सबैभन्दा सुन्दर रूप भनेकै दुःखमा परेकालाई साथ दिनु हो। एक सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।

    प्रतिक्रिया दिनुहोस