आजाद जागरणको चौथो बार्षिक साधारणसभा सम्पन्न

  • २०७९ पौष २३, शनिबार मा प्रकाशित ११ महिना अघि
  • २७८ पाठक संख्या

  • आजाद जागरण कृषि सहकारी संस्था लि, पाँचखाल १२ काभ्रेपलान्चोकको चाैथाे बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष अनन्त प्रसाद गाैतमको सभापतित्वमा सम्पन्न कार्यक्रमको पाँचखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ज्ञान वहादुर दनुवारले उद्घाटन गरे । कार्यक्रममा  संस्थाका पुर्व अध्यक्ष रामहरि आचार्य, श्रीभक्त श्रेष्ठ, गणेश पराजुलि, शिक्षा प्रेमि समाजसेवि प्रलाद प्रसाद तिमल्सिना, सुदर्शन आचार्य, झनक प्रसाद अधिकारी , प्रदिप आचार्य, सुर्य तिमल्सिना, गाेकुल पराजुलिको आतिथ्यता रहेको थियो ।

     

    सभाले बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा समितिले प्रस्तुतगरेको लेखा परिक्षण प्रतिवेदन पास गर्दै विभिन्न निर्णयहरु गरेको छ ।

    कार्यक्रममा  वडा अध्यक्ष  दनुवारले सहकारी आर्थिक विकासको महत्वपूर्ण माध्यम भएको र यस क्षेत्रमा  सहकारीले अझै याेगदान  पुर्याउनुपर्नेमा जोड दिए । कृषकहरूकाे आय आर्जन र  सशक्तिकरणका लागि सहकारी उपयुक्त माध्यम भएको बक्ताहरुको भनाइ थियो ।

    सहकारीले सदस्यहरुलाई कृषि पसल मार्फत सेवा र  वित्तिय सेवा तथा समुदायको आर्थिक विकास तथा सामाजिक न्यायको सन्दर्भमा प्रभावकारी ढंगले काम गरिरहेको संस्थाका सदस्य दिलिप आचार्यले जानकारी दिए ।

    संस्थाले विगत ४ वर्ष देखि नै पाँचखाल नगरपालिकाकाे सहयोगमा प्राप्त जग्गा भाेगाधिकार पाई आफ्नै भवन निर्माण गरि काराेबार गर्दै आईरहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस