ढुंखर्क/बेथानचोक गाउाँलिकाका अध्यक्ष भगवान अधिकारीले किसानलाई प्रविधसँग जोड्न आवश्यक रहेको बताउनु भएको छ । समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम तरकारी खेती कार्यक्रम अन्तर्गत बेथानचोक महाभारत कृषक समूहको कृषक भेलालाई सम्बोधन गर्दै उहाँले बेथानचोक गाउँपालिकाले किसानका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकोले सहुलियत कर्जा, व्यावसायिक खेति, उन्नन विउबिजन र यात्रिकरणका लागि गाउँपालिका प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।
शनिबार ढुंखर्कमा आयोजित कृषक भेला कार्यक्रममा वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले कार्यक्रमले हाल ५० लाख रकम बराबरको कार्य गरिरहेको जानकारी दिनुभयो ।
उहाँले वर्षेनी विभिन्न कृषक समूहको सहकार्यमा एक वडा एक उत्पादन अन्तर्गतको तरकारी खेति कार्यक्रमलाई निरन्तरता दिइने भए पनि भेलाले आगामी ४ वर्षका लागि बेथानचोक महाभारत कृषक समूहलाई नै कार्यक्रमको निरन्तरताका लागि जिम्मेवारी दिइएको बताउनु भयो । उहाँले यो समयावधिमा किसानहरुसँ सहकार्य गर्दै टनेल निर्माण, बिउबिजन, यान्त्रिकरण, प्रविधि हस्तान्तरण किसाहरुको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्भमला गर्दै जाने बताउनुभयो । कृषक भेलामा यो वर्ष उत्कृष्ट उत्पादन गर्ने ५ जना कृषकहरुलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेहरुमा डालानाथ तिमल्सिना, बुद्ध स्याङतान, रामशरण तिमल्सिना, भिमप्रसाद तिमल्सिना (गोविन्द), र तिलप्रसाद तिमल्सिना हुनुहुन्छ ।

बेथानचोक गाउँपालिकाको वडा नं. २ मा बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षि विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा समुदायमा आधारित खेती प्रणालीमार्फत कृषि उत्पादनमा आत्मनिर्भर वडा निर्माण गर्न सञ्चालित एक वडा एक वडा तरकारी खेती कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम बेथानचोक महाभारत कृषक समूहले गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस