पाँच बर्षकै कलिलो उमेरदेखि नेपाली गीत सङ्गितको क्षेत्रमा यात्रा शुरु गरेकी बाल गायिका प्राप्ती तामाङ अहिले चर्चाको शिखरमा छिन् ।
आफ्नो मिठो स्वरले सबैलाई मन्त्रमुग्ध बनाउने उनले एकैदिन दुईवटा गीत रेकर्ड गराएकी छिन् । सिन्धुलीयन गुराँसको शब्द,रुप कुमार तामाङको सङ्गित र पवनवाङ लामाको सङ्गित संयोजन रहेको घडी होइन समय देऊ उपहारमा मलाई भन्ने गीत काठमाडौंको सोह्रखुट्टेमा रहेको डिजिटल काठमाडौमा रेकर्डिङ गरिएको हो भने अर्को गीत संसार अनलाइन सिङ्गिङ स्टार्स२०२०र२१ मा अन्डर १६ मा बिजेता भएर पुरस्कार स्वरुप प्राप्त गरेको गीत रहेको छ ।
उक्त गीतमा शब्द दिपक विवश आँसुको रहेको छ भने सङ्गित मन्जु नकर्मीको र सङ्गित संयोजन बुद्ध सयामीको रहेको छ। उक्त गीत काठमाडौको पुतली सडकमा रहेको अडियो नेपालमा रेकर्डिङ गतिएको थियो । उक्त गीत रेकर्डिङको दिन नै उनले अर्को दुईवटा गीत गाउने सुनौलो अवसर प्राप्त गरेकी छिन । उनलाई बुद्ध सयामी र मन्जु नकर्मीले एक एकवटा गीत पुनः दिने वचन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस