काभ्रली कलाकार रविन्द्र, स्वेता र अभिनेता भुवन केसी कांग्रेसमा प्रवेश

Post Thumbnail
  • २०७९ बैशाख २०, मंगलबार मा प्रकाशित १ साल अघि
  • २६० पाठक संख्या

  • नेकपा एमालेमा सकृय रहेका नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का कांग्रेस प्रवेश गरेका छन् ।

    मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले कलाकार खड्कासहित नायक भुवन केसी, नायिक स्वेता खड्कालाई कांग्रेसको सदस्यता दिएका हुन् ।

    पनौतीमा जन्मिएका रविन्द्र र स्वेतालाई कांग्रेस प्रवेश गराउन जिल्ला सदस्य विश्वराम खड्का र धुुलिखेल १० का कांग्रेस नेता समेत रहेका कलाकार चन्द्र लामाले पहल गरेका थिए ।

    २०७४ सालमा भएको प्रतिनिधीसभा/प्रदेश सभा निर्वाचनमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं १ का उम्मेदवार रहेका खड्का पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।

    पनौतीमा राम्रो पकड मानिने खड्काको प्रवेशले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई सहयोग पुग्ने अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस