काभ्रेमा पहिलो पटक शुक्रबार देखि खेलकुद महोत्सव सुरु भएको छ। खेल महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गरेका छन् ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ सञ्चालन गरिएको महोत्सवमा बोल्दै उपराष्ट्रपति पुनले खेलकुद पूर्वाधारहरु अझै अलपत्र हुनुको साथै खेलकुद क्षेत्रमा राष्ट्रको लगानी बृद्धि हुन नसकेको बताए । पूर्वाधारहरु नहुँदा खेलाडीहरुले कमजोर मैदानमा अभ्यास र प्रतिस्पर्धा गर्नुपरेको बताए ।
कार्यक्रममा पूर्वसञ्चारमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्कोटा, पूर्व राज्यमन्त्री एवं पतिनिधिसभा सदस्य सूर्यमान दोङ, बागमती प्रदेशका सदस्य एवं नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामाले खेलकुद क्षेत्रको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको यसका लागि सबै तहको सहकार्य जरुरी रहेको बताए ।
महोत्सवमा जिल्लाको १३ वटा पालिकाको सहभागीता रहने जिल्ला समन्वय प्रमुख दीपक गौतमले जानकारी दिए । खेलहरु पनौती क्षेत्रीय रंगशाला, बनेपा तथा इन्द्रेश्वर प्राङ्गणमा खेलहरु संचालन हुने गौतमको भनाई छ । उनका अनुसार महोत्सवमा भलिबल, फुलकन्ट्याक्ट कराते, सितोरियो कराते, डब्लुटिएफ तेक्वान्दो, आईटिएफ तेक्वान्दो, कवड्डी, एथलेक्टिस, फुटबल, ब्याडमिन्टन, योगा, बुद्धिचाल लगायतका खेलहरु सञ्चालन हुनेछन् ।
खेलमा लोप हुन लागेका खेलहरु डण्डीवियो, कबड्डी लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् । विभिन्न विधाका खेलहरुमा १ सय ३२ स्वर्ण, १ सय ३२ रजत तथा १ सय ९४ कास्य पदक वितरण हुने खेलमा पहिलो हुने टिम तथा खेलाडीले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन् ।
तस्वीर देवराज केसीको फोसबुकबाट
प्रतिक्रिया दिनुहोस