विपिन खरेल/खरेलथोक
टोखा नगरपालिकाको आयोजनामा भएको मेयरकप फुलकन्ट्याक कराँते प्रतियोगितामा काभ्रे पाँचखालका तीन खेलाडीले उत्कृष्ठ प्रर्दशन गरेका छन् ।
टोखा नगरपालिका मेयर कप फुलकन्ट्याक कराँते प्रतियोगितामा पाँचखाल नगरपालिका वडा नं ११ बाट काभ्रे पाँचखाल डोजोका तीन खेलाडी विजयी भएका हुन । महिला खुल्ला तौल समूहमा आशिका श्रेष्ठ प्रथम भईन ।
त्यस्तै ६० केजी तौल समूह अन्र्तगत सोनाम तामाङ प्रथम भए भने पुरुष ६० के जी तौल समूहबाटै समिर त्रिपाठी दोश्रो भएको प्रशिक्षक तथा ब्राञ्च चिफ नबराज सेढाईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस