युवा र महिलाहरुलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्दैछौं : सञ्जय तामाङ

  • २०७९ पौष १५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ७८८ पाठक संख्या

  • सञ्जय तामाङ पाँचखाल नगरपालिका वडा नं ८ को वडा अध्यक्ष हुनुहुन्छ । दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित तामाङ नगरको प्रवक्ता समेत हुनुहुन्छ । विकास प्रेमी भएरनै वडाबासीका रुचाईमा पर्नुभएको तामाङ नेपाली काँग्रेस पाँचखाल नगरको सभापति पनि हुनुहुन्छ । मिजासिला, जनताको रुचाईमा परेका उनै तामाङसँग वडाका बारेमा गरिएको संक्षिप्त कुराकानी :

    के मा व्यवस्त हुनुहुन्छ आजभोली ?

    आजभोली त वडा कै कामहरु भइरहेको छ । वडाको लागि आएको बजेटलाई हामीले समितिहरु बनाएर काम गर्ने भनेर लागि परेका छौँ । अहिले पालिकामा पनि यही नै । बजेटहरु फाईनल भयो अब कार्यक्रम बनाएर कार्यक्रमको लागु गर्नको लागि समितिहरु बनाउने भनेर लागि परेका छौँ ।

    कार्यक्रम के–के छ ? बजेट कति छ ? ठुला योजना कति वटा रहेको छ ?

    हामीले गर्ने कार्यक्रममा त शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि यी नै क्षेत्रमा रहेको छ । गत बर्षहरुमा जस्तै नै छ । बजेटको कुरामा सिलिङ त एक लाख रुपैयाँको हो । पालिका स्तरिय योजनामा चाहीँ एक करोड ५१ लाखको हाराहारीमा रहेको छ । ठुला योजना ५ वटा जती रहेको छ । त्यो सडक निमार्णको लागि हो । ५० लाख भन्दा तलको बजेटमा रहको छ ।

    सडकको लागि ठुला योजना बनाई रहदाँ स्तरउन्नती गर्ने हो की नयाँ सडक खोल्ने योजना छ ?

    यो स्तरउन्नती गर्नको लागि छ । सडक खोल्ने कामहरु करिब करिब सक्किएको छ । स्तरउन्नती गर्दैँ कालोपत्रे गर्ने सम्मको योजनाहरु रहेको छ । सडक बनेपछी अरु विकासका कामहरु पनि सहज हुन्छ भनेर हामीले सडकलाई प्राथमिकतामा राखेका हौँ । सोही अनुसार काम पनि भइरहेको छ । विषेशगरी कृषि तथा अन्य व्यवसायिलाई पनि सहज हुन्छ । सडकको लागि नागरिकबाट पनि धेरै माग आएकाले त्यसमा पनि केन्द्रित रहेका छाँै । वडाको नयाँ २ किलोमिटर सडक प्रदेश सरकारको सहयोगमा कालेपत्र हुन लागिरहेको छ । यो टेन्डरको काम पनि भइसकेको छ । क्रमिक रुपमा सुधार गर्नुपर्ने पाटोहरु हेरर हामीले काम गरिहेका हुन्छौँ ।

    एक घर एक धाराको अभियान पुरा हुन लागिरहदाँ स्वस्थ खानोनीको कुरामा कत्तिको ध्यान दिनुभएको छ ?

    हामीले ९५ प्रतिशतको घरमा पानी सहितको धारा पुर्याएर यो अभियान पुरा गरिसकेका छौँ । स्वस्थ खानोनीको कुरामा हामीले ४ बर्षदेखी खानेपानी गुणस्तर विभागबाट बजेट पनि पारेका थियौँ । यसमा काभ्रेमा पहिलो नमूना गुणस्तर फिल्टर प्लान धुलिखेल रहेछ । दोस्रोमा हाम्रो होक्से खानेपानी भनिएको त्यो समयमा । अब केही दिनमा हामी यो पनि सञ्चालन गर्दै छौँ । शुद्ध पानी पिउनको लागि ३÷४ करोड कै लगानीमा बनेको छ । केही दिन अगाडीबाट परिक्षणको क्रम पनि सुरु भइसकेको छ । ३ वटा mिफ्टिङ खानेपानी रहेको छ हाम्रो वडामा । ४ सय घरधुरीमा यो पानीले मात्र समेट्छ । या गुणस्तरिय खानेपानी अन्र्तगत भयो । सुनकोशी पाँचखाल खानेपानी आयोजनाबाट समेत हाम्रो वडा लाभान्भित हुनेछ ।

    शिक्षाको गुणस्तर सुधारको लागि भएको ?

    भवन निमार्णको कुरामा मावि स्तरमा सम्पन्न भइसकेको छ । शैक्षिक गुणस्तर सुधारको कुरामा शिक्षकहरुलाई तालिम दिने, दरबन्दिका कुरामा हामीले काम गरिरहेका छौँ । भौतिक कुरा सुधारिएपनि शैक्षिक गुणस्तरमा टेवा पुग्छ भन्ने हिसाबले हामीले भौतिक कुराहरुको केन्द्रित रहेर काम गरिरहेका छौँ । प्रविधिको कुरारहरु पनि सुधार्नुपर्छ । प्राविधिक पाटो सुधारियो भने शैक्षिक गुणस्तरमा टेवा पुग्ने पनि हामीे देखेका छौँ । हाम्रोमा २ वटा प्रावि र एउटा मावि रहेको छ । यसमा शैक्षिक सुधारको लागि काम गरिरहेका छौँ । भुकम्पको बेलामा भएको क्षतीको कारण पनि हामीले भौतिक सुधार गर्नु आवश्यक रहेको थियो । अरु कुरामा त काम भइनै रहेको छ ।

    अबको ५ बर्षमा तपाईको वडा बालमैत्री बन्छ ?

    बालमैत्रीको कुरामा उहाँहरुको अधिकारको लागि हामीे पनि लडिरहेका छौँ । बालविवाहको कुरामा त हामीले केही विवाह रोकेका पनि हौँ । विवाहको जन्ति आइसक्दा पनि बालविवाह हुन लागेको भन्ने थाह पाएपछि विवाह नै पनि क्यान्सिल गरेको विगत पनि छ हाम्रो वडामा । तामाङ जातिको वाहुल्यता रहेकाले बालविवाहको कुराहरु धेरै हुनेगरेको छ । उहाँहरुको अधिकार सुनिश्चित गराउनको लागि हाम्रो तर्फबाट सक्नेजतिको पहल त भइरहेको छ तर मैत्री बनाउने कुरामा सरकारको केही सूचकहरु छ । त्यो सबै पुरा गर्नको लागि समय लागेको मात्र हो । हामी त्यो पनि पुरा गछौँ ।

    स्वास्थ्यका गुणस्तर सुधारको लागि कसरी काम गरिरहनुभएको छ ?

    शुलभ स्वास्थ्यको पहुँच सबै नागरिकमा पुर्याउनको लागि हामीले काम गरिरहेका छौँ । प्रत्यक महिना दिर्घ रोगीहरुको विपि परिक्षण गराउने गरेका छौँ । त्यो बाहेक बर्षमा २ पटक सबै रोग परिक्षण गराउने गरी स्वास्थ्य क्याम्प गरिरहेका हुन्छौँ । केही दिन अगाडी मात्र पनि एउटा क्याम्प भएको थियो । आगामी दिनमा आँखा शिविर कार्यक्रम पनि गर्ने छौँ । मोतिविन्दिु भएकाहरुको लागि वडाकै वजेटमा आँखाको शल्यक्रिया पनि गरिरहेका हुन्छौँ । यता बर्ष पनि ३८ जना मोतिविन्दिु भएकाहरुको लागि वडाकै वजेटमा आँखाको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा पोषणको कार्यक्रम पनि गरिरहेका हुन्छौँ । हामीले गर्भवतीहरुलाई अण्डा, घ्यु पनि वितरण गरिरहेका हुन्छौँ । यो पहिलेको चुनावको मेरो पहिलो कार्यकालदेखी अहिले सम्म पनि निरन्तर रुपमा गरिरहेको छु । मासिक रुपमा स्यमंसेविका मार्फत विपि सेट र सुगर ग्लुको पिटर पठाए घर घरमा चेक जाँच पनि गराउछौँ । सैनिक श्रीमतीसंघको तर्फबाट हाम्रोमा स्वास्थ्य चौकी बनेको छ । बर्थिङ सेन्टर चलाउनको लागि हामीसंग समान छ तर नजिकैको वडामा पनि बर्थिङ सेन्टर भएको र नगरपालिकामा पनि जनशक्ति अभाव भएको कारण केही समस्या भएको छ । सैनिक श्रीमतीसंघको तर्फबाट पनि ताकेता भइरहेको छ । यी नै समस्याको कारण यो सुरु गर्न सकिएको छैन । स्वास्थ्यको मापदण्ड अनुसार पुरा नहुने हो की भन्ने पनि लागेको छ । केही समय यी कारण यो काम रोक्किएको छ ।

    नयाँ जनप्रतिनिधी आइसकेपछि रोजगारीको लागि नागरिकबाट अपेक्षाहरु अलि धेरै हुन्छ । तपाई पुरानै जनप्रतीनिधी । अब रोजगारीको लागि नयाँ योजना चाहीँ के ल्याउनुभएको छ ?

    हामीले पहिले महिलाहरुलाई लक्षित गरेर धेरै कार्यक्रम गरेका थियौँ । त्यो बेला उहाँहरुलाई आत्मनिर्भर गराउनको लागि सिलाईको तालिमहरु दियौँ । आवश्यक परेको बेलामा थप तालिम पनि दियौँ । व्यवसाय नै गर्नेहरुको लागि मेशिनहरु अनुदानमा पनि दिएका थियौँ । उहाँहरु अहिले व्यवसाय पनि गर्दै हुनुहुन्छ । युवाहरुलाई पनि हामीले तालिम दिएका थियौँ । उहाँहरुलाई डेरी प्रोडक बनाउने तालिमहरु पनि दिएका थियौँ । कृषिमा टनेला थोपा सिंचाईको पनि ज्ञान दिएका थियौँ । पशुपालन सम्बन्धी पनि तालिमहरु दिएका थियौँ । केहीले राम्रो गरिरहनुभएको छ भने केहीले सुरुवात गरिरहनुभएको छ । शैक्षिक बेरोजगारहरुको समस्या समाधान गर्नको लागि केही समस्या भइरहेको छ । सबैलाई प्रत्यक्ष रोजगारी वडाले दिन सक्दैँन हामीले बाटे देखाउने हो । वडाले नै मात्र गर्ने भन्ने पनि गारो नै हुन्छ । ८ नं मा नै खुल्दैँ गरेको सेजको कुरा छ । त्यो समपन्न भयो भने २५ सय सम्मले रोजगारी पाउने थिए । त्यसैले त्यसको लागि हामीले पहल गरिरहेका छाँैँ । त्यो बाहेक अलि गरो छ हामीलाइ पनि । विदेशीने समस्या धेरै छ । विदेश जानेलाई रोक्न पनि हामीले केही दिन सक्नुपर्यो । जान दिउँ भने गाउँ खाली हुदैँ छ । वडाले अनुदान दिने लगायतका कुरामा चाहीँ हामीले उहाँहरुलाई सहयोग गरिरहेकाछौँ ।

    लक्षित समूदायको कार्यक्रम संघियता लागू भएपछि कटौती भयो भन्ने कुराहरु पनि आउँछ नी ?

    यो केही मात्रमा प्रभाव परेको पनि हो । पहिले प्रतिशत कै हिसाबले लेखेर नै आउँथ्यो । अहिले त्यो छैन । २ बर्ष हामीले पनि गरेनौँ होला तर त्यसपछि अहिले चाहीँ निरन्तर रुपमा भइरहेको छ । महिला, बालबालिका, दलित समूदायको लागि केही कार्यक्रम गरेको भएपनि अपाङ्गता भएका नागरिक र जेष्ठ नागरिकहरुको लागि खासै धेरै काम गर्नसकेका छैनौँ । अपाङ्गता भएका नागरिकहरुको लागि कार्डको प्रकारको आधारमा काम गर्न सकिन्छ । उहाँहरुले पनि केही सीपमूलक तालिम भयो भने केही गर्न सक्छौँ भन्ने कुराहरु राख्नुभएको छ । हामी त्यसलाई सकेसम्म संबोधन गछौँ । हामीले २ लाख रुपैँया बजेट पनि विनियोजन पनि गरेका छौँ ।

    विकासको काम अरु निकायसंग यहाँको भूमिका कस्तो रहन्छ ?

    वडाको बजेट सिलिङको आधारमा हामीले काम गर्ने हो । यसपालि बजेट अलि कम पनि थियो । सबै क्षेत्रमा काम गर्दा यती बजेटले पुग्दैँन । तर हामीलाई प्रदेश सरकारबाट पनि पहल भएको छ । ससर्तका केही कार्यक्रम परेको छ । नगरपालिका पनि समन्वय भएको छ । नगरपालिकाले अरु नियकासंग समन्वय गरेर पनि कार्यक्रम हाम्रोमा राख्दिने काम गरेको छ । अरु निकायसंग सक्ने सम्मको सहयोग हामीले पनि मागेका हुन्छौँ । यसरी नै क्रमिक रुपमा समन्वय हुन्छ । यो क्रमलाई हामी आगामी दिनमा पनि निरन्तरता दिनेछौँ ।

    अन्त्यमा केही ?

    देखिने विकास मात्र नभएर सामाजिक विकासको कुराहरु पनि गर्न जरुरी छ । त्यसकारण यो बर्षबाट हामीले समाजका विकृती विसंगती हटाउनको लागि विभिन्न कार्यक्रम बनाएका छौँ । हिंसा अन्त्यका लागि पनि हामीले कार्यक्रम गछौँ । हुन त सुरुको बर्षहरुदेखी नै केही पहल भएको हो र केही न्युनिकरण पनि भएको छ तर चेतना नै बृद्धी हुन जरुरी छ भन्ने कुराको हामीले महशुुस गरेर कार्यक्रमहरु पनि त्यही अनुसार बनाएका छौँ । यसमा हामीले बजेट नै बनाएर कार्यक्रम गर्दै छौँ । विषेशगरी लिंगको आधारमा हुने विभेदलाई ध्यानमा राखेका छौँ । यी कुराहरुलाई विकासको मुख्य पाटो मानेर अगाडी बढ्ने हो भने सामाजिक, आर्थिक सबै विकास हुने हाम्रो अपेक्ष छ ।

    बेथानचोक साप्ताहिकबाट

    प्रतिक्रिया दिनुहोस