काभ्रेमा विभिन्न कार्यक्रम गरी ल्होछार मनाइयो

Post Thumbnail
  • २०७९ माघ ८, आईतबार मा प्रकाशित १0 महिना अघि
  • १२६ पाठक संख्या

  • तामाङ समुदायको सास्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा काभेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

    नयाँ बर्षको रुपमा मनाइने ल्होछार (ह्युइ ल्हो– बिरालो वर्ग) यो बर्ष नमोबुद्ध वडा नं ७ स्थित रजबम पोखरी गुम्वा परिसरमा विभिन्न कार्यक्रमका साथ मनाइएको हो ।
    लामा सेवा समिती रजवम पोखरी, सोनाम ल्होछार मुल समारोह समितीले विभिन्न द्दसास्कृतिक प्रस्तुती सहित गरेको कार्यक्रममा हास्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला), बिनोद वल लगायत स्थानीय प्रतिभाले प्रस्तुतिमार्फत मनोरञ्जन दिएका थिए ।

    कार्यक्रममा धामी नाच सहितको झाँकी प्रस्तुत गरिएको थियो । सो स्थानमा रहेको अष्टमंगल स्तुपा निर्माणमा सहयोग गर्ने मोहनसिं लामा, उत्तरध्वज लामा, दोमनसिं लामा, डम्बरसिं लामा, ठगराज घिमिरे, हरिबहादुर बल लामा, टासी लामा, केदारप्रसाद आचार्यलगायत चन्दादातालाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख कुनसाङ लामाले सबै धर्म, संस्कृतिको सम्मान र संरक्षणको लागि नगरले बजेट र कार्यक्रम तय गरेको बताए ।

    कार्यक्रममा नगर उपप्रमुख रत्नबहादुर लामा, एमालेका नगर अध्यक्ष कृष्णप्रसाद खनाल, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य हरि तिमल्सिना, नगर अध्यक्ष मिन्डु लामा, वडा नम्बर ११ का अध्यक्ष कृष्णबहादुर तामाङ, वडा नम्वर ७ का अध्यक्ष धर्मसिं लामा, स्थानिय उद्धव हुमागाई, मित्रप्रसाद खनाल, उत्तरध्वज लामा, लामा सेवा समितीका सभापति मोहनसिं लामालगायतले सास्कृतिक बिबिधताबारे चर्चा गरेका थिए ।

    ल्होछारको अवसरमा नमोबुद्ध नगरपालिकाले माघ ९ गते सार्वजनिक विदा दिएको छ । नगरप्रमुख कुनसाङ लामाले सम्पूर्ण नगरवासी, देशवासी र विदेशमा रहेका नेपाली समेतमा शुभकामना व्यक्त गर्दै बहुजातीय, ब हुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त सबै समुदायका नेपालीबीच सद्भाव, भाईचारा, सहिष्णुता, मेलमिलाप र बन्धुत्वको भावना विकास गर्न यस्ता पर्व फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

    त्यस्तै जानकारी अनुसार काभ्रेको खानीखोला गाउँपालिका र धुलिखेल वडा नं ४ को अठ्ठाईस किलोमा समेत विभिन्न कार्यक्रम गरेर ल्होछार मनाईएको छ ।

    देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस