नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा व्यक्त मत र मतदानको speed र spirit अनुरुप पार्टीको आन्तरिक जीवनलाई momentum प्रदान गर्न बिषयगत प्राथमिकता र कार्यप्रणालीलाई समय सान्दर्भिक र जनमैत्री बनाउन कमसेकम केही विषयबाट भएपनि रूपान्तरण शुरु गर्न अत्यावश्यक छ।
तसर्थ, कांग्रेस रूपान्तरणका निम्न “भूँई एजेण्डा” प्रस्तुत गर्दछु ।
१) कांग्रेसको विधानअनुसार online बाट समेत apply गर्न पाउनेगरी पार्टी सदस्यता वितरण तत्काल खुला गरौं।
२) घरदैलो संवाद, पार्टी प्रवेश र आधारभूत प्रशिक्षणलाई एकीकृत अभियानका रुपमा अघि बढाऔं।
३)पार्टी विभागमा रहने व्यक्तिहरु बारे निश्चित मापदण्ड बनाएर right man लाई right place हुनेगरी० विधानमा तोकिएअनुसार ६ महिनाभित्रै “अर्थपूर्णरपरिणामदायी विभाग” गठन गर्न तत्काल गृहकार्य शुरु गरौं।
४) टोल समितिदेखि केन्द्रीय समिति सम्मलाई तत्काल पूर्णता दिलाऔं र उनीहरुको मासिक बैठक नियमित गराऔं। सबै तहको निर्णय कार्यान्वयनको प्रभावकारी अनुगमन समेतको व्यवस्था मिलाऔं।
५) नेपालको परिप्रेक्ष्यमा प्रजातांत्रिक समाजवादरसामाजिक लोकतंत्रको सान्दर्भिक परिभाषा र कार्यक्रम तय गरौं। जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने आर्थिक सामाजिक उत्थानका ठोस नीति, योजना र कार्यक्रमहरु निर्धारण गरौं। परिणाम देखिनेगरी कार्यान्वयन शुरु गरौं।
६)भात्रृ-शुभेच्छु संस्थाहरुको विधानलाई पार्टी विधान अनुरुप लयवद्ध गराई प्रत्येक वडा तहमा प्रत्येक संस्थाको संरचना निर्माण गराई हालौं र समयवद्ध अनिवार्य महाधिवेशन गर्न लगाऔं।
७) पार्टीभित्र घात(अन्तर्घातको रोग निदानका सन्दर्भमा न्यायपूर्ण मूल्यांकन पध्दति र कठोर अनुशासन प्रणाली अवलम्बन गरौं ।
८) आसन, भाषणलाई ब्यवस्थित र एकरूपता प्रदान गर्न पार्टी भित्रका साथीहरुको वरियताक्रम (हाइरार्की) निर्धारण सम्वन्धमा वैज्ञानिक मापदण्ड निर्माण गरौं। र सबै जिल्लालाई सोही अनुरुप गर्न, गराउन परिपत्र गरौं।
९) पार्टीको नीति अधिवेशन आयोजनको तयारी गरौं र पारित नीति, कार्यक्रमको जगमा भावि निर्वाचन घोषणापत्र तयार गरौं।
१०) विधान अनुसार पार्टी र संविधान अनुसार सरकार संचालन गरौं। कानूनी राज्य र सुशासनलाई सुनिश्चित गरौं।
११)चर्चित सबै भ्रष्टाचार काण्ड, सेटींग काण्डको छानवीन गरी दोषीलाई कडाभन्दा कडा सजाय दिलाऔं। भ्रष्टाचार विरुद्ध सदाचार अभियानको नेतृत्व गरौं ।
जय नेपाल
लेखक नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस