बनेपा/अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बुडोल सामुदायिक बचत तया ऋण सहकारी संस्थाले जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । 
सहकारीले संस्थामा आबद्ध ७५ वर्ष उमेर पूरा भएका २४० जना जेष्ठ नागरिक सदस्यहरुलाई आज कार्यक्रममा बिच सम्मान गरेको हो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाको मुख्य कार्यालय र सेवाकेन्द्र कार्यालयहरु मार्फत ब्लाङ्केट, रामनामी सल, सातु र नगद रु. ३ सय रुपैया उपहार सहित सम्मान गरिएको संस्थाको ब्यवसाय प्रवर्द्धन विभागका प्रमुख उमेश आचार्यले जानकारी दिनु भयो।
कार्यालयसम्म आउन नसक्ने अशक्त सदस्यहरुलाई संस्थाका प्रतिनिधिहरू घर घरमै पुगेर सम्मान गरिएको छ । संस्थाले विगत २२ वर्षदेखि हरेक वर्ष जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम आयोजना गरी सम्मान गर्दै आएको संस्थाले जनाएको छ ।
बुडोल सामुदायिक साकोसले बचत तथा ऋण कारोबारसँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण सहित नियमित रुपमा समाजसेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस