२०८३ आश्विन ११, आईतबार  | Sun, 27, Sep, 2026

लिटिल एन्जल्स  र पुलिस स्कुल धरान आइजिपीकपको फाइनलमा

  • २०७९ पौष ४, सोमबार मा प्रकाशित ३ साल अघि
  • १४८७ पाठक संख्या

  • नेपाल पुलिस स्कुल सांगाको आयोजनामा गत मंसिर २१ गते देखि जारी २८ औ अन्तर विद्यालय आईजिपि फुटबल रनिङ्ग ट्रफिमा लिटिल एन्जल्स स्कुल र नेपाल पुलिस स्कुल धरान फाइनलमा प्रवेश गर्न सफल भएका छन्।

    सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा म्याचमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुल टिम बि लाई १-० गोल अन्तरले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा लिटिल एन्जल्सका लागी लक्ष्य मर्हजनले गरेको गोल नै खेलको  निर्णायक बन्यो। बिजयी टिमका रेमन मानन्धर म्यान अफ दि म्याच घोषित  भए।

    दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल धरानले ल्याबरोटरी स्कुललाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएको छ। विजयी टिमका लागी समिर राईले खेलको १३ औं मिनेटमा गोल गरेका थिए। विजयी टिमका कप्तान साहेब मन्सुरी म्यान अफ दि म्याच चुनिएका छन्।

    प्रतियोगिताको फाइनल खेल शुक्रबार नेपाल प्रहरिका महानिरिक्षक धिरज प्रताप सिंहको उपस्थितिमा विधालयको खेल मैदानमा हुनेछ। नेपालमा हुने विद्यालय स्तरको फुटवल प्रतियोगितामा प्रतिष्ठित यसको विजेताले ५० हजार नगद , ट्रफि, मेडल र प्रमाणपत्र, द्वितिय हुनेले ४० हजार नगद र तृतिय हुनेले ३० हजार नगद पुरस्कार पाउनेछन्। यसका साथसाथै विभिन्न विधामा उत्कृष्ट खेलाडिहरूले पनि नगद पुरस्कार र ट्रफि पाउनेछन्।

    प्रतिक्रिया दिनुहोस


    ↑