२०८३ आश्विन ९, शुक्रबार  | Fri, 25, Sep, 2026

जिल्ला समन्वय समिति काभ्रेमा गठबन्धन दल विजयी, दीपक प्रमुख रिमबहादुर उपप्रमुख

Post Thumbnail
  • २०७९ अषाढ १, बुधबार मा प्रकाशित ४ साल अघि
  • ६८२ पाठक संख्या

  • जिल्ला समन्वय समिति काभ्रेमा गठबन्धन दल विजयी भएका छन ।

    समितिको निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा एकीकृत समाजवादिका दीपक गौतमले नेकपा एमालेका उम्मेदवार कमलाभट्टराईलाई १८ मतान्तरले विजयी भए । दीपकले २२ मत तथा कमलाले ४ मत प्राप्त गरिन ।

    त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रिम बहादुर तामाङले नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाईपराजित गर्दै १८ मतान्तरले विजयी भए । रिमबहादुरले २२ तथा राजेन्द्रले ४ मत प्राप्त गरे ।

    त्यस्तै सदस्यहरूमा गठबन्धनको तर्फबाट सबैले २२ मतका साथ अप्सरा सिप्खान(ढुंगाना, चण्डिका मिजार, नीर बहादुर लामा, मंगलबहादुर तामाङ , कृष्ण कुमारी राई, रस्मिता भण्डारी विजयी भए ।

    काभ्रेका १३ स्थानीय पालिका २६ पद मध्ये १३ पदमा कांग्रेस, माओवादी केन्द्र ८, एमाले ४ र एकीकृत समाजवादी एक पदमा निर्वाचितभएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    ↑