नमोबुद्धमा कृषि सामाग्री सहयोग

Post Thumbnail
  • २०७९ पौष १४, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • ८९ पाठक संख्या

  • नमोबुद्ध नगरपालिकाले ५ जना कृषक, कृषि फर्म तथा सहकारीलाई विभिन्न कृषि सामाग्री वितरण गरेको छ ।

    नमोबुद्ध नगरपालिकामा सञ्चालित फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाई सेट, मल्चिङ प्लाष्टिक, क्रेट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।

    छनोट भएका लाभग्राहीलाई कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले सामाग्री हस्तान्तरण गरे । नगर प्रमुख लामाले अनुदान पाउने कृषकलाई कृषि उत्पादनमा अझै राम्रो काम गर्न अनुरोध गर्दै काम भए÷नभएको अनुगमन गर्ने बताए ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, नगरपालिकाको कृषि समितिका संयोजक रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले कृषक लाभान्वित र प्रोत्साहित हुने विभिन्न कार्यक्रम तय गरिएको बताए ।

    कृषि शाखाका प्राविधिक सहायक नविन अधिकारीका अनुसार, परियोजना अन्तर्गत वडा नं २, ५ र ८ मा बासको प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिक, ड्रिप सेट र प्लाष्टिक पोखरी निर्माण कार्यक्रम सञ्चालित छ । परियोजना सुहाउँदो हावापानी, भुगोल र खेती गर्ने कृषक छनोट गरेर सामाग्री वितरण गरेको अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस