नवीकरणीय तथा दिगो ऊर्जा विकासका लागि समसामयिक वस्तु एवं अनुसन्धानमा आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी हुने भएको छ ।
नर्वे, बंगलादेश, श्रीलंकाका विश्वविद्यालयसँगको सहकार्यमा रिन्यूवेबल एण्ड सस्टेनेवल इनर्र्जी ल्याब्रटोरी, काठमाडौं विश्वविद्यालयले यहि मंसिर २० र २१ गते गोष्ठी आयोजना गर्न लागेको हो ।
यो गोष्ठी विश्वव्यापी शैक्षिक सहयोगको लागि नर्वेजियन साझेदारी कार्यक्रम अन्तर्गतको परियोजना ‘नवीकरणीय ऊर्जा तथा चक्रिय अर्थतन्त्र विकासका लागि अनुसन्धानमा आधारित शिक्षा प्रणाली’ २०२२–२०२६ को गतिविधिहरूमध्ये एक हो ।
नवीकरणीय तथा दिगो ऊर्जा विकासमा कार्यरत शिक्षण संस्था, सरकारी तथा गैरसरकारी संस्था र निजी व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई नवीकरणीय तथा दिगो ऊर्जा विकासका समस्या र अवसरहरू, प्रविधि हस्तान्तरण र अनुसन्धानमा आधारित शिक्षा प्रणाली विकासका सम्भावनाहरूका बारेमा घनिभूत छलफल तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ गोष्ठी गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस