धुनपा ८ का युवाहरू एमाले परित्याग गरि काँग्रेस प्रवेश

Post Thumbnail
  • २०७९ कार्तिक २४, बिहिबार मा प्रकाशित १ साल अघि
  • ९७४ पाठक संख्या

  • चुनावको मुखैमा धुलिखेल ८ का युवाहरू एमाले परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका छन ।

    धुलिखेल ८ बाट श्याम लामाको नेतृत्वमा दर्जन भन्द बढी नेकपा एमाले परित्याग गरी   नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।  प्रवेश गर्नेहरुमा श्याम थिङ, चन्द्र लामा, सिताराम तामाङ, इन्द्र बहादुर तामाङ, सचिन तामाङ लगायत दुई दर्जन युवाहरू नेपाली कांग्रेस प्रवेश गरेका हुन ।

    नव प्रबेशी युवाहरुलाई नेपाली कांग्रेस काभ्रेका सभापति एवं काभ्रे प्रतिनिधि सभा १ (ख) लोकतान्त्रिक – बाम गठबन्धनका साझा उम्मेदवार तिर्थ लामामाले टीका र  खादा लगाएर स्वागत गरेका थिए  ।

    कार्यक्रममा जिल्ला सचिव गुणराज मुक्तान, प्रतिनिधि सभा १ का सभापति दिनेश लामा, नेता इश्वरी ओझा, जिल्ला सदस्य निराजन जंगम, प्रदेश कोषाध्यक्ष रमेश लामा लगायत सहभागी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस