कपनमा ट्रेकिङ अफिसमा आगलागी, मृत्यु हुनेको संख्या ३ पुग्यो

Post Thumbnail
  • २०७९ आश्विन ५, बुधबार मा प्रकाशित १ साल अघि
  • १८३ पाठक संख्या

  • कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

    राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

    आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।

    घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस