तेमाल गाउँपालिकाको एघारौं गाउँसभाबट नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
“सुशासन सहितको विकास आजको आवाश्यकता, पूर्वाधार,शिक्षा स्वास्थ्य र रोजगारमा हाम्रो प्राथामिकता” भन्ने मूल नाराका साथ तेमाल गाउँपालिकाको एघारौं गाउँसभा शुक्रवार सम्पन्न भएको हो । गाउँसभामा आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङले प्रस्तुत गरेका थिए।
असार १० गतेभित्र नीति तथा कार्यक्रम प्रस्तुत भएपनि बजेट भने अर्को सभामा प्रस्तुत गरिने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गदै गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले ५ वर्षको अवधिमा निर्वाचित सबै जनप्रतिनिधिले पार्टीको इच्छा,आकांक्षा भन्दा माथी रहेर वडा नं १ देखी ९ सम्मको वडा विकासमा लाग्नु पर्ने बताएको छन् ।
प्रतिक्रिया दिनुहोस