बनेपा/सात बुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी र मजदुर संगठनहरूले आह्वान गरेको देशव्यापी यातायात बन्दप्रति नेपाली कांग्रेसको सार्वजनिक यातायात तथा यातायात व्यवसायी समन्वय विभागले गम्भीर ध्यानाकर्षण गराएको छ ।नेपाली कांग्रेस सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागका विभागीय प्रमुख शिव प्रसाद हुमगाईद्वारा सोमबार जारी विज्ञप्तिमा आन्दोलनरत पक्ष र नेपाल सरकारबीच वार्ताबाट समस्या समाधान गर्न अनुरोध गरेका हुन । व्यवसायीहरूको लगानीको संरक्षण र मजदुरहरूको व्यावसायिक हक–हित तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकारले जिम्मेवारी लिनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।नेपाल ट्रक यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, स्वतन्त्र मजदुर संगठनहरू लगायत संघ–संगठनहरूले सार्वजनिक यातायात बन्दको आह्वान गरेपछि सरकारले छ बुँदे सहमति गरेको छ । संघीय काननु निर्माण गरेर यातायातका समस्या समाधान गर्ने प्रतिबद्धतासँगै व्यवसायी सहमतिका लागि तयार भएका हुन ।।
प्रतिक्रिया दिनुहोस