
सिन्धुपाल्चोक । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरिएको छ ।
क्षेत्रिय सभापति आइतमान तामाङको संयोजकत्वमा आज (बिहीबार) कार्यालयको उद्घाटन गरिएको हो । निर्वाचन अभियानलाई सशक्त र व्यवस्थित बनाउन अब कार्यालयमार्फत कार्य अगाडी बढाइने तामाङले जानकारी दिए ।
कांग्रेसको संगठनलाई बलियो बनाउँदै घरदैलो अभियान, मतदाता अभिमुखीकरण तथा जनसम्पर्कलाई तीव्र पार्ने लक्ष्यसहित निर्वाचनमा होमिएको कांग्रेसले स्पष्ट पारेको छ ।
क्षेत्रिय सभापति तामाङले कांग्रेसको ऐतिहासिक विरासत, लोकतान्त्रिक मूल्य र विकासमुखी एजेन्डाका साथ निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गर्दै पार्टीलाई विजयी गराउन सबै तहका नेता–कार्यकर्तालाई जिम्मेवारीका साथ लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस