मधु आचार्यको जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम

  • २०८२ माघ २२, बिहिबार मा प्रकाशित १ हप्ता अघि
  • ६६ पाठक संख्या

  • काभ्रे । प्रतिनिधि सभा काभ्रे क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यले आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाट, घरदैलो अभियान र जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम शुरु गरेका छन् ।
    बिहीबार पाँचखाल नगरपालिकाको वडानम्बर–९ भगवतीस्थानबाट ८ बजेदेखि शुरु भएको कार्यक्रम दिनभरि नै चलेको थियो । पलाञ्चोक भगवती मन्दिरको दर्शनपश्चात शुरु भएको कार्यक्रम १० बजे पाँचखालको वडानम्बर–११ स्थित खरेलथोकको सातदोबाटोमा भयो ।
    १२ बजे वडानम्बर–८ को होक्सेबजारमा भेटघाट गरिएको थियो भने दनुवार बस्ती रहेको वडानम्बर–१२ स्थित आँपघारीमा पनि कार्यकर्ता भेटघाट र घरदैलो कार्यक्रम गरिएको उम्मेदवार मधु आचार्यले जानकारी दिए । उनको अनुसार शुक्रबार पाँचखालकै थप वडाहरुमा कार्यक्रमहरु राखिएको छ ।
    आजको कार्यक्रममा भेट भएका सबै नागरिकले कांग्रेसको अबको बाटो र भविष्य एकदमै उज्वल रहेकाले आफूहरुले सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । घरदैलो कार्यक्रमपछि साँच्चै कांग्रेस रुपान्तरण भइसकेको आफूले पाएको नेता आचार्यले प्रतिक्रिया दिए ।
    कार्यक्रममा क्षेत्रिय सभापति महेश खरेल, कांग्रेस नेता सुन्दरमणि आचार्य, जिल्ला सचिब माधव ढकाल, अग्रज नेता अच्युत पाैडेल, हेम लामा, हाेम चाैलागाइँ लगायतका नेताहरुको उपस्थिती रहेको थियो भने नागरिकहरुले पनि निकै चासोका साथ कार्यक्रममा साथ दिएका थिए । नागरिकका गुनासोलाई सम्बोधन गर्दै थप कार्यक्रमसहित आगामी दिनमा अघि बढ्ने सहभागी नेताहरुले बताए ।
    पाँचखालपछि मण्डनदेउपुर, भुम्लु, बेथानचोकलगायतका पालिकामा कार्यक्रम गरिने तालिका छ । आजै पाँचखालमा कांग्रेसको सम्पर्क कार्यालयको पनि उद्घाटन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस