धुलिखेल ४ नं. वडाद्वारा एस.ई.ई.सम्मान

  • २०८२ अषाढ २३, सोमबार मा प्रकाशित ४ महिना अघि
  • ३४७ पाठक संख्या

  • धुलिखेल नगरपालिका वडा नं. ४ ले २०८१ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट ग्रेड हासिल गर्ने विद्यार्थीहरुलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । वर्षेनी एस.ई.ई. सम्मान गर्दै आइरहेको वडाले यस वर्ष २३ जना विद्यार्थीलाई सम्मान गरेको छ । यस वर्ष वडाबाट सर्वोत्कृष्ट अंक ल्याउने छात्रातर्फ  आस्था तामाङ र छात्रतर्फ आदित्यराज तिमल्सिनालाई नगदसहित सम्मान पत्र र मायाको चिनो साथै उत्कृष्ट ग्रेड हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

    कार्यक्रममा वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, महिला वडा सदस्य सुना मंग्राती, दलित महिला वडा सदस्य सजना परियार, वडा सदस्य गोवर्धन थापामगर, कुमार थापामगर, वडा सचिव संगिता चौलागाईंलगायतले विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष तिमल्सिनाले भावी दिनहरुमा पनि उत्कृष्टता हासिल गर्न शुभकामना दिनुहुँदै वडामा मुलुककै प्रतिष्ठत काठमाडौं विश्वविद्यालय रहेकोले आफूले उच्च शिक्षाका लागि पहल गर्ने बताउनु भयो ।

    वडा सचिव चौलागाईले वार्षिक योजना र बजेटमै समावेश भए बमोजिम वडाले वर्षेनी उत्कृष्ट विद्यार्थी सम्मान गर्दै आइरहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस