अब बनेपावासीलाई निःशुल्क रुपमा रगत उपल्ब्ध हुने

  • २०८१ मंसिर २०, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • १७४ पाठक संख्या

  • काभ्रे । बनेपा नगरबासीलाई निशुल्क रगत उपलब्ध गराउनको लागि बनेपा नगरपालिका र नेपाल रेडक्रस सोसाईटी काभ्रे जिल्ला शाखा (रक्त सञ्चार सेवा) विच सम्झौता भएको छ ।
    सम्झौतामा रगत तथा रक्त तत्व आवश्यक पर्दा रक्तसञ्चार केन्द्रले बनेपा नगरपालिकाका स्थायी बासिन्दालाई रगत उपलब्ध गराउने, रगतको सेवा लिनुपर्ने वा लिएका ब्यक्ति बनेपा नगरपालिकाको स्थायीबासिन्दा भएको प्रमाण चाहिए, आपतकालिन रगत लिनु पर्ने भए सम्बन्धीत ब्यक्तिले आवश्यक कागजपत्र नपुगेमा भुक्तानी गरी प्रदान गरिने छ र पछि कागजपत्र उपलब्ध गराएपछि रकम फिर्ता गरिने उल्लेख गरिएको छ ।
    बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख विमला सापकोटाको रोहबरमा प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछाने र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति देबेन्द्र भैलले हस्ताक्षर गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस