नेपाल रेडक्रस सोसाइटी काभ्रेको निर्वाचनमा भैल र घिमिरेको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

  • २०८१ कार्तिक ४, आईतबार मा प्रकाशित ४ महिना अघि
  • २४८ पाठक संख्या

  • काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रेको निर्वाचनमा सभापति पदका लागि देवेन्द्र प्रसाद भैल र विदुर प्रसाद घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् ।
    त्यस्तै उपसभापतिमा ज्ञानबहादुर तामाङ र माधवप्रसाद हुमागाई, महिला उपसभापतिमा पुष्पा खड्का बस्नेत र पार्वती थापा, मन्त्रीमा राजु सिग्देल र हेमलाल तामाङ, उपमन्त्रीमा प्रदिप के.सी र रामकृष्ण श्रेष्ठ, उपकोषाध्यक्षमा विनोद प्रसाद कोइराला र झम्क प्रसाद गौतमको उम्मेदवारी परेसँगै कोषाध्यक्षमा उम्मेदवारी दिएका विजयराम कर्माचार्यले फिर्ता लिएपछि प्रेमबहादुर तामाङ निर्विरोध निर्वाचित भएका हुन् ।
    त्यसैगरी सदस्यहरुमा रामकुमार श्रेष्ठ, उपदेश भुजेल, माधवप्रसाद नेपाल, विलबहादुर श्रेष्ठ, दामोदर श्रेष्ठ, कृपेन्द्र श्रेष्ठ, जगन्नाथ गिरी, राजेशकुमार श्रेष्ठ, प्रशान्त महत, अनुज सापकोटा, कृष्णबहादुर श्रेष्ठ, प्रल्हाद शर्मा हुमागाई, गोकुल डोटेल, प्रेमबहादुर तामाङको उम्मेदवारी परेको छ भने महिला सदस्य पदमा सजिना श्रेष्ठ, भवानी के.सी. र शान्ती खत्री निर्विरोध निर्वाचित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस