काभ्रे । काभ्रे जिल्लाको नमोबुद्द नगरपालिका वडा नं. २ स्थित बुच्चाकोट तिमल्सिना गाउँमा विन्धबासिनी मन्दिरमा प्राण प्रतिष्ठा गरेको छ ।
तिमल्सिना समाज नेपालका अध्यक्ष दिपक तिमल्सिनाद्वारा उद्घाटन गरिएको उक्त नवनिर्मित विन्धबासिनी मन्दिरमा नियमित पुजा अर्चना सञ्चालनमा आएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
बुच्चाकोटमा रहेका तिमल्सिनाहरुले एक आपसमा चन्दा संकलन गरी करिब ३० लाखको लागतमा मन्दिर निर्माण गरिएको हो ।
कार्यक्रममा निर्माण समितिका अध्यक्ष नवराज तिमल्सिना, सदस्य निराजन तिमल्सिनाले मन्दिर निर्माण गर्ने ठेकेदार पुण्ड्यराम छिमाछुवालाई सम्मान गरेको छ । बुच्चाकोटका तिमल्सिना मध्येका जेष्ठ सदस्य टिकादत्त तिमल्सिनाबाट सम्पूर्ण उपस्थित सदस्यहरूलाई टिका जमारा लगाई दशैं समापन गरिएको कार्यक्रममा १२ जना पण्डितद्वारा नारायण सत्र वाचन र हवन समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस