ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको तेश्रो रोडरेसमा गणेश मा.वि भक्तपुरका छात्रा कृतिका मधिकर्मी र छात्र तर्फ विश्वराम कुवँर प्रथम भएका छन् ।
शनिवार सम्पन्न कार्यक्रममा भालेश्वर मा.वि. पनौती– ८ मल्पीका छात्रा कुशुम के. सी. र छात्र कृष्ण शाह द्वितीय भए भने छात्रा कृतिका उप्रेती र छात्र रितिक श्रेष्ठ तेस्रो भएका थिए ।
प्रतियोगितामा क्रमस प्रथमलाई ३० हजार, दाश्रोे २० हजार र तेश्रोेलाई १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
तीन चरणमा भएको कार्यक्रममा पहिलो चरणको कार्यक्रम प्रदेश सभा सदस्य कन्चन चन्द्र वादेद्धारा उद्घाटन गरि छात्राहरुको रोडरेस बनेपा तिनदोबाटोबाट सुरु भई चण्डेश्वरी मन्दिर परिक्रममा गरि ज्ञानकुञ्ज प्रतिष्ठान सम्म भएको थियो । साथै दोस्रो चरणको कार्यक्रम पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीद्धारा छात्रहरुको रोडरेस उद्घाटन गरी पनौती बसपार्क बाट सुरु भई ज्ञानकुञ्ज प्रतिष्ठान सम्म भएको थियो ।
विजेता विद्यार्थीहरुलाई ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्य, राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी, विद्यालय संचालक आत्माराम थापा, पत्रकार महासंघका पुर्व अध्यक्ष महेश पौडेल, काभ्रे प्यावसनका अध्यक्ष श्याम भुजेल, प्रहरी नायव उपरिक्षक रेशम बोहोरा लगायतले पुरस्कार वितरण गरेका थिए ।
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सहायक क्याम्पस प्रमुख नवराज चौलागाईले धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा एसईई दिएर बसेका करिब १ सय ५० जना विद्यार्थी सहभागि भएका थिए । प्रतियोगितामा भक्तपुरका ८, सिन्धुपाल्चोकका १ र बाँकी काभ्रेपलान्चोकका बिद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस