धुलिखेल ९ मा जेष्ठ नागरिक, सामाजिक, धार्मिक तथा सेवामा रहेका व्यक्तीहरुलाई सम्मान

  • २०७९ माघ २१, शनिबार मा प्रकाशित १0 महिना अघि
  • १०४ पाठक संख्या

  • धुलिखेल नगरपालिकाको वडा नं ९ ले वडाका जेष्ठ नागरिक, लामो समयसम्म राजनितिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा सर्मपित रहेका वडाबासीहरुलाई एक साथ सम्मान गरेको छ ।

    शनिबार वडा कार्यालयले काभ्रेभञ्ज्याङमा आयोजना गरेको सामाजिक व्यक्तित्व तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा दुई दर्जन भन्दा बढी सामाजिक व्यक्तित्व र २ सय ५० जना भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

     

    समाज परिवर्तनमा जेष्ठ नागरिकले गरेको योगदानको स्मरण गर्दै उहाँहरुलाई दिर्घ जीवनको कामना सहित सम्मान गरिएको वडा अध्यक्ष बद्रीप्रसाद हुमागाईले बताए । जेष्ठ नागरिकको आशिर्वाद र सामाजिक व्यक्तित्व र वडा बासीको साथ सहयोग पाएको खण्डमा हर हमेसा वडाको बिकास र समृद्धिमा आफु लागि रहने बताए । वडा र वडा बासीको सेवकको रुपमा काम गर्न जनप्रतिनिधि बनेको भन्दै वडाको चौतर्फी बिकासमा सदैब खटिरहने उनको प्रतिवद्धता थियो । सम्मानितहरुलाई दोसल्ला र सम्मान–पत्र तथा जेष्ठ नागरिकहरुलाई दोसल्ला र सम्मान–पत्र र ब्लाङ्केट समेत प्रदान गरिएको थियो ।

    कार्यक्रममा धुलिखेल नरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जुले अग्रज पुस्ताले सहि मार्ग निर्देश गरे मात्र नयाँ पुस्ता सहि यात्रामा हिड्ने हुँदा अग्रजको सहि अनुभव ग्रहण गरेर अघि बढेमा नयाँ पुस्ताले परिपक्क भएर काम गर्न सक्ने बताए ।

    कार्यक्रममा उपपमुख निराजन जंगम, नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, राष्ट्रिय भुमि आयोगका बासुदेव हुमागाई, सम्मानित व्यक्तित्वको तर्फबाट वरिष्ठ अधिबक्ता शिव प्रसाद सिग्देल, जेष्ठ नागरिक मुरली प्रसाद शर्मा बजगाई, वडा सदस्य बालकृष्ण गौतम लगायतले मन्तब्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस