धुलिखेल नगरको १२ औं अधिबेशन सम्पन्न

Post Thumbnail
  • २०७९ माघ ११, बुधबार मा प्रकाशित १0 महिना अघि
  • १०२ पाठक संख्या

  • धुलिखेल नगरपालिकाको १२ औं नगर सभा अधिवेशन सम्पन्न भएको छ ।

    बुधवार नगरपालिकाको सभाहलमा भएको १२ औं अधिवेशनमा नगरका संस्थापक मेयर बेल प्रसाद श्रेष्ठले विशेष मन्तब्य दिएका थिए । उनले धुलिखेल नगरपालिकाको इतिहास, नगर स्थापना गर्दा आफुले गरेको प्रयासहरुको बारेमा चर्चा गरेका थिए । उनले धेरै ठुलो दुःखले नगरलाई यहाँसम्म ल्याएको बताउँदै धुलिखेल पर्यटकिय हिसावले राम्रो ठाउँ भएकाले यसको विकास र विस्तारमा थप लागि पर्न नगरपालिकालाई आग्रह समेत गरे ।

    अधिवेशनबाट नगरको विभिन्न विद्येयकहरु पास भएका छन् । विनियोजन ऐन, २०७९ प्रथम संशोधनका लागि वनेको विधेएक २०७९,आर्थिक ऐन, २०७९ प्रथम संशोधनका लागि वनेको विधेयक २०७९ र नक्सापास (विशेष व्यवस्था) सम्वन्धी कार्यविधि,२०७९ विधेयक पेश गरि छलफल गरिएको थियो ।

    उक्त विधेयकहरु नगरसभामा बहुमतले पारित भएको नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिए । सभामा नगरउपप्रमुख निराजन जंगम, वडा अध्यक्षहरु, नगरसभा सदस्यहरु, पत्रकार तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस