आभाषले आयोजना गरेको शिविरमा १ सय ८७ जनाको आँखा जाँच

Post Thumbnail
  • २०७९ माघ ४, बुधबार मा प्रकाशित १ साल अघि
  • १४८ पाठक संख्या

  • आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेड आयोजना र रेयुकाई मासुनागाँ आँखा अस्पतालको प्राविधिक सहयोगमा १ दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।

    बनेपा सरस्वती आधारभुत विद्यालयमा आयोजना गरिएको उक्त शिविरमा १ सय ८७ जनाले आँखा जाँच गराएका थिए भने १० जनाको मोतियाविन्दुको विरामी भेटिएको आभाष चत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुभाष वैद्यले जानकारी दिए ।

    शिविरको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्यले गरेका थिए । कार्यक्रममा शाक्यले सहकरीहरु प्रति समाजमा बड्दै गएको वितृष्णा प्रति यस्ता सामाजिक कार्यहरुले तिनलाई मेटाउने धारण राखे । ।

    संस्थाका अध्यक्ष दिनेशराज कायस्थले सहकारीले रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविर, राहत वितरण सुत्केरी भेटघाट र सहकारीको स्थापनाका दिन र नयाँ वर्षका दिन शिरमेमोरियल अस्पताल बनेपामा पहिलो जन्मिने छोरीलाई नगद सहित सम्मान गर्दै आएको बताए ।

    संस्थाले आर्थिक कारोबार मात्रै हैन सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सुभाष वैद्यले जानकारी दिए । शिविरमा सञ्चालक सदस्य तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस