पाँचखालमा आँखा शिविर, एक सय जनाको मोतियाविन्दुको शल्यक्रिया

  • २०७९ पौष २८, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • १४१ पाठक संख्या

  • पाँचखाल नगरपालिकाले विभिन्न स्थानमा आँखा शिविर सम्पन्न गरेको छ । ।

    पाँचखाल नगरपालिकाको खरेलथोक, साठ्ठिघर, आँपघारी, अनेकोट, समाजकल्याण, दुलालथोकमा आयोजना गरेको आँखा शिविरमा ७ सय ३६ जना लाभान्भित भएको पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारीले जानकारी दिए । उनका अनुसार ७ सय ३६ जनाको आँखा परीक्षण गर्दा १ सय भन्दा बढिको मोतियाविन्दुका विरामी भेटिएका थिए । मोतियाविन्दु देखिएका १ सय जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालमा शल्यक्रिया गरिएको छ ।

     

    पाँचखाल नगरपालिकाको आयोजनामा भएको आँखा शिविरमा माट्रिका आई सेन्टरको प्राविधिक सहयोग रहेको थियो । विरामीहरुको डा किश्वरराज वराल, डा लज्जा सिंह, डा।उर्सुला, कल्याण ढुंगाना लगायतले आँखाको शल्यक्रिया गरेका थिए भने दीक्षा पौडेल, आस्मा विक, प्रसंशा ढुंगाना र अंकिता मित्रले फिल्डमा गएर विरामीको मोतियाविन्दुको परीक्षण गरेका थिए ।

     

    पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले नगरलाई मोतियाविन्दु मुक्त नगरपालिका बनाउने उदेश्यले आँखा शिविरको आयोजना गरिएको जानकारी दिए । हरेक बर्ष आँखा शिविर गरेर मोतियाविन्दुका विरामीहरुको आँखाको शल्यक्रिया गरिने खरेलको भनाई छ ।

    शिविरलाई माट्रिका आई सेन्टर, समाज सुधार युवा क्लब आँपघारी, स्थानीय जनप्रतिनिधिहरुले सहयोग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस