नमोबुद्ध नगरको नवौं स्थापना दिवस : स्वास्थ्य स्वयंसेवीकाहरुलाई नगद सहित सम्मान

Post Thumbnail
  • २०७९ मंसिर १६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १७५ पाठक संख्या

  • नमोबुद्ध नगरपालिकाले आफ्नो नवौं स्थापना दिवस भव्यताका साथ मनाएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा मनाईएको स्थापना दिवसमा ६० बर्ष कटेका स्वास्थ्य स्वयंसेवीकाहरुलाई नगद तथा सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

    सम्मानित हुनेहरुमा वडा नं ७ बाट चन्द्रकुमारी केसी, माईली तामाङ, टंककुमारी खनाल, मानकुमारी खनाल, मैया दमाई, वडा नं १ बाट मसिना तामाङ, सुभद्रा प्याकुरेल, नानमिैया तामाङ, विष्णुकुमारी खड्का, वडा नं ९ बाट अन्तरीमाया लामा, तिर्थ माया लामा, वडा नं ८ बाट बस्तमाया श्रेष्ठ, कृष्णमाया श्रेष्ठ, गौरीमाया लामा, वडा नं ११ बाट ज्ञानीमाया तामाङ, मान कुमारी तामाङ, वडा नं ६ बाट ठुलीमाया तामाङ, चन्द्रकुमारी तामाङ, वडा नं ५ बाट भवानी उप्रेती र माया तामाङ, वडा नं ४ वाट शुभद्रा काफले, वडा नं ३ बाट सावित्री तिमल्सिना, वडा नं १० बाट सुनमाया लामा, राधा अधिकारी र चमेली श्रेष्ठ छन् । उनीहरुलाई जिसस प्रमुख गौतम, नगरप्रमुख कुनसाङ लामा, उपप्रमुख रत्न लामा तथा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जनही २० हजार, खादा र सम्मानपत्र बाट सम्मान गरिएको थियो ।

    त्यस्तै सबैभन्दा बढि कर तिर्ने नमोबुद्ध ७ का गोविन्द अधिकारी, एसएन कन्ट्रक्सनका प्रोपाईटर ङेमासिं लामा, सुपर डान्सर नेपालका विजयी सिदार्थ श्रेष्ठ, मिस नेसन नेपाल २०२२ का विजेता अनिसा श्रेष्ठ लगायतलाई नगरपालिकाले सम्मान गरेको थियो ।

    २०७१ साल मंसिर १६ गते काशीखण्ड नगर पालिकाको रुपमा स्थापना भएको नगर दाप्चा काशीखण्ड हुँदै नयाँ संरचनामा आएपछि नमोबुद्ध नगरपालिका नाम रहेको थियो ।

    स्थापना कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम, उपप्रमुख रिमबहादुर लामा, नमोबुद्ध नगरप्रमुख कुनसाङ लामा, निवर्तमान नगरप्रमुख टिपी शर्मा तिमल्सिना, निवर्तमान उपपमुख रामदेवी तामाङ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, नमोबुद्ध ७ का अध्यक्ष धर्मसिं लामा, नेपाली काँग्रेस नमोबुद्ध नगर समितिका कार्यबहाक सभापति इन्द्रबहादुर दाहाल, नेकपा एमालेका नगर अध्यक्ष कृष्ण खनाल, नेकपा माओवादी केन्दका नवराज अधिकारी, नेकपा एसका कृष्णबहादुर लामा, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल लगायतले स्थापना दिवसबारे मन्तब्य राखेका थिए ।

    कार्यक्रममा नगरका वडाअध्यक्षहरु, नगरका कर्मचारीहरु, पत्रकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस