१८८ मतले हराउँदै दोस्रोपटक प्रदेशसभा सदस्य बने लम्साल

  • २०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ४४४ पाठक संख्या

  • काभ्रे प्रतिनिधि सभा २ को प्रदेशसभा क बाट गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल १८८ मतान्तरमा विजयी भएका छन् । लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरि प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरेका छन् । अघिल्लो ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट लम्साल नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा नै विजयी भएका थिए ।

    लक्ष्मण लम्साल को हुन ?

    लक्ष्मण लम्साल विद्यार्थी राजनीतिबाट उदायका व्यक्त हुन् । लम्साल तत्कालिन महावदेवस्थान गाविस हालको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा २०३६ साल जेठको २२ गते आमा पार्वती लम्साल र बुबा दो प्रसाद लम्सालबाट जन्मिएएका हुन । लम्सालले २०४७ सालमा डेडीथुम्का माध्यामिक विद्यालयमा पढ्दै गर्दा अनेरास्ववियुको सदस्यता लिएका थिए । उच्च शिक्षा अध्ययनका लागि २०५३ सालमा राजधानी प्रवेश गरेका लम्साल अनेरास्ववियु बानेश्वर क्याम्पस कमिटीको सह–सचिवको जिम्मेवारी लिएर लम्सालले विद्यार्थी राजनीतिलाई अगाडि बढाएका थिए ।

    अनेरास्ववियुको क्याम्पस अध्यक्ष हुँदै २०५७ सालमा भएका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निरन्तर स्ववियु सभापति, अखिलको क्याम्पस जिल्ला कमिटी सदस्य, बाग्मती अञ्चल समन्वय कमिटीको सदस्य हुँदै १७ औँ राष्ट्रिय सम्मेलनबाट वैकल्पिक केन्द्रीय सदस्य बनेका थिए । विद्यार्थी हक र अधिकारको निम्ति अनेकन मोर्चामा महत्वपूर्ण योगदान दिएका लम्सालले अनेरास्ववियुको १८ औं राष्ट्रिय सम्मेलनबाट पुर्ण केन्द्रीय सदस्य भएपछि बाग्मती अञ्चलको संयोजकको जिम्मेवारीमा रहेर काम गरे । अनेरास्ववियुको १९ औँ राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य हुँदै लम्सालले संगठन विभागको प्रमुख, २० औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भए । २१ औं राष्ट्रिय सम्मेलनमा लम्साल काभ्रेकै नविना लामासँग अध्यक्षमा पराजित भएका थिए ।

    विद्यार्थी राजनीतिबाट नेकपा एमाले केन्द्रीय कृषि विभागको सचिव भए । २०७४ साल मंसिर २१ गते भएको संघ र प्रदेश निर्वाचनमा लम्साल बाम गठबन्धनका रुपमा प्रदेश सभा सदस्यका रुपमा विजयी भए । उनले २७ हजार ६ सय २१ मत ल्याएर विजयी भएका थिए । उनले नेपाली काँगेसका उम्मेदवार सुन्दरमणी आचार्यलाई पराजित गरेका थिए ।

    एमाले हुँदै नेकपा हुँदै लम्साल हाल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटीको सचिब छन् । प्रखर बक्ता, आफ्नो जिम्मेवारी र काम प्रति लगनशिल लम्साल प्रगतिशिल युवा राजनीतिकर्मीका रुपमा समेत पार्टीभित्र र बाहिर परिचित छन् । लम्सालले ब्यवस्थापन विषयमा स्नाकोत्तर र कानुन विषयमा स्नातक गरेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस