बनेपा ३ काफलबोटमा नेकपा एमालेका पुर्ब वडाअध्यक्ष कान्छा गुरुङको नेतृत्वमा एक दर्जन व्यक्तीहरु कांग्रेस प्रवेश गरेका छन् ।
साविक उग्रचण्डी नालाका पूर्व वडा अध्यक्ष रहेका गुरुङ सहितका व्यक्तीहरुलाई प्रदेश सभा पत्यक्ष उम्मेदवार नेपाली कांग्रेस बागमती प्रदेश महामन्त्री कञ्चनचन्द्र वादे, समानुपातिक उम्मेदवार सुरकृष्ण बैद्य, जिल्ला सदस्य सनिता बजगाई, वडा सभापति दिवाकर दाहाल लगायतले सदस्यता, खादा, माला र अबिर लगाएर स्वागत गरेका थिए ।
त्यस्तै बनेपा ११ मा युवाहरु सरोज थापा , राम कुमार थापा सहित दर्जनौ युवाहरु नेपाली कांग्रेस प्रवेश गरेको काँगेस नेता प्रविन धितालले जानकारी दिए । उनहिरुलाई प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार शिवप्र्रसाद हुमागाई, पदेश सभा उम्मेदवार कञ्चनचन्द्र्र वादे, समानुपातिक उम्मेदवार सुरकृष्ण बैद्य, लगायतले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद सापकोटा, नेकपा एकिकृत समाजवादीका नेता विदुर सापकोटा सहभागि भएका थिए ।
प्रतिक्रिया दिनुहोस