एमाले पुर्व जिल्ला सदस्य सहित २५ जना कांग्रेस प्रवेश

Post Thumbnail
  • २०७९ कार्तिक २४, बिहिबार मा प्रकाशित १ साल अघि
  • १६१ पाठक संख्या

  • एमाले भ्रष्टाचारमा  लिप्त भएको, टेप प्रकरणमा मुछिएको, उम्मेदवारले कार्यकर्तालाई रुखो बोलेर हेप्ने गरेको आरोप लगाउदै एमालेका पुर्व जिल्ला सदस्य सहित नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन ।

    एमाले पुर्व जिल्ला सदस्य भुवन कुमार मल्ल, संगठित सदस्य सोमलाल तामाङ्ग, कृष्ण बहादुर मल्ल, नवराज लम्साल, सरिता तामाङ्ग  सहित २५जनाको टोलि नेपाली काग्रेंसमा प्रवेश गरेको हो ।

    उनीहरूलाई प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाइले स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस