बास्कोटाको वडामा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

Post Thumbnail
  • २०७९ कार्तिक २२, मंगलबार मा प्रकाशित १ साल अघि
  • २७१ पाठक संख्या

  • प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाको वडामा भव्य स्वागत भएको छ । मंगलबार बिहान बाँस्कोटाको वडा मण्डनदेउपुर नगरपालिका वडा नं ४ (साविक नयाँगाउँ देउपुर) मा गठबन्धनतर्फ प्रतिनिधि सभा उम्मेदवार शिव प्रसाद हुमागाई र प्रदेश सभा उम्मेदवार कञ्चन चन्द्र बादेलाई स्थानीयले फूलमाला सहित स्वागत गरेका हुन् ।

    कार्यक्रमललाई संवोधन गर्दै गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले अघिल्लो पटक निर्वाचित संघीय सांसद विभिन्न काण्डमा मुछिएको भन्दै प्रदेशको बजेटमा भएका विकासका कामलाई संघको प्रचार गरेर भ्रम फैलाइएको बताए । ‘विकासवादी नारा लगाउँदै आएका नेताको घरमा मैले पोल पठाएर बत्ति बालिदिएको हुँ,’ उनले भने, ‘अहिले प्रदेश सरकार र सांसदबाट भएको काम समेत आपूmले गरेको भन्दै भ्रम छर्ने काम भइरहेको छ ।’ आफू निर्वाचित भएपछि जनताको घरदैलोमा विकास निर्माण अघि बढाउने हुमागाईले प्रतिबद्धता व्यक्त गरेका छन् । चुनाव हार्ने डरले गोकुल बास्कोटा निदाउन छोडेको पनि हुमागाईले बताए । ‘विकासको कामले आफूलाई निन्द्रा नपरेको बताउन थाल्नुभएछ,’ हुमागाईले भने, ‘उहाँ विकास निर्माणका कुराले हैन, चुनाव हार्ने डरले निदाउन छाड्नुभएको हो, बर्बराउन थाल्नुभएको हो ।

    गठबन्धनका

    तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार कञ्चनचन्द्र बादेले आफू भ्रष्टाचारका कुनै पनि काण्डमा नमुछिने भन्दै जनतालाई आश्वस्त पारे । उनले आफ्नो अघिल्लो कार्यकालमा संविधान र विकास दिएको भन्दै यो पटक निर्वाचित गराउँदा थप काम गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘बनेपालीको ज्वाई’ भएकोले भोट आउने विपक्षीले भ्रम छरेको भन्दै प्रजातन्त्रवादीको किल्ला बनेपाले संविधान मास्नेलाई भोट नदिने प्रष्ट पारे । बास्कोटाको गृह नगर मण्डनदेउपुरमा नै ‘गठबन्धन हाइहाइ, ७० करोड बाइबाइ’ चुनावी नारा लगाइएको थियो ।

    चुनावी अभियानमा नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य कृष्णप्रसाद सापकोटा, नेपाली कांग्रेसका नेता अच्युत पौडेल, प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार नेपाली कांग्रेसका सुरकृष्ण बैद्य र नेकपा एकिकृत समाजवादीका दिलकुमार तामाङ, काँग्रेस नगर सभापति कश्यप पौडेल,  काँग्रेसका नेताहरू कमल तामाङ, नन्दु दुलाल साथै गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस