एमाले धुलिखेल सह–इन्चार्ज माओवादीमा प्रवेश

Post Thumbnail
  • २०७९ कार्तिक १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • २२६ पाठक संख्या

  • एमाले धुलिखेल नगर सह–इन्चार्ज एसाबहादुर तामाङले पार्टी परित्याग गरेका छन् ।

    पार्टीमा व्यक्तिवादी प्रवृत्ती बढेको बताउँदै तामाङले पार्टी छोडेका हुन् । लोकतान्त्रिक–बाम गठबन्धनलाई सहयोग गर्ने गरी पुरानै पार्टी माओवादीमा फर्केको तामाङले बताए । २०७४ सालमा नेकपामा रहेका तामाङ पार्टी छुटिदा पनि एमालेमा बसेका थिए ।

    त्यस्तै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रहेका एमाले खानिखोला गाउँपालिका उपसचिव वीरेन्द्र लामा (निमा) सहित ४० जना एमाले कार्यकर्ताले पनि पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    माओवादी केन्द्र प्रवेश गर्नेहरूमा युवा संघ नेपाल बागमती प्रदेश कमिटी सदस्य विजय लामा, काभ्रे जिल्ला कमिटी सदस्य बुद्ध लामा, जगत भोलन, एमाले निकट खेलकुद महासङ्घ जिल्ला सदस्य दीपक गोले रहेका छन् ।

    प्रवेश गर्नेहरु

     

    प्रतिक्रिया दिनुहोस