काभ्रेलीलाई लागेको दाग यो निर्वाचनमा पखालिनेछ : हुमागाई

Post Thumbnail
  • २०७९ कार्तिक १२, शनिबार मा प्रकाशित २ साल अघि
  • ३२३ पाठक संख्या

  • प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि लोकतान्त्रिक –बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेदवार शिवप्रसाद हुमागाईले ‘अमुक व्यक्ति’ को कारण काभ्रेलीलाई लागेको दाग यो निर्वाचनबाट पखालिने बताएका छन् ।

    नेपाल तरुण दल बनेपा नगरको संयोजनमा बनेपामा भएको कार्यक्रममा बोल्दै हुमागाईले निर्वाचन परिणामले त्यो बिषय प्रमाणित गर्ने बताए । ‘यसअघि निर्वाचन जितेर गएका यस क्षेत्रका प्रतिनिधीले काभ्रेलीलाई लगाएको दाग सत्य हैन, काभ्रेली जनता स्वाभिमानी छन्, निष्कलंक छन् भन्ने कुरा मतपरिणामले प्रमाणित गर्नेछन् भन्ने विश्वास लिएको छु,’ उनले प्रश्न गर्दै भने, ‘आलोचित अनुहार फेरी जिताउने हो ररु काभ्रेली माथि लागेको दाग सफा गर्न नै मेरो उम्मेदवारी हो ।’

    उनले संविधान निर्माण र रक्षाको लागि तरुणहरुको भुमिका अतुलनीय हुने बताए । युवाहरुको योगदानले नै मुलुकमा संविधान आएको भन्दै यसको रक्षा गर्न पनि युवाहरु लागि पर्नुपर्ने बताए । युवाहरुको सम्मान गर्ने पार्टी नेपाली कांग्रेस भएको भन्दै उनले गगन थापा, विश्वप्रकाश शर्मा जस्ता युवा पार्टीको नेतृत्वमा पुगेको बताए । उनले तरुणहरुको भुमिकाको कदर गर्ने भन्दै सिप र क्षमता अनुसारको जिम्मेवारी प्रदान गर्ने बताए ।

    उनले २०५६ सालको निर्वाचनमा आफू प्रतिनिधी सभा सदस्य निर्वाचित भएपछि गरेका कामको फेरिहस्त सुनाए । बनेपा–नाला भक्तपुर सडक, दाप्चा–पनौती–लामाटार–लुभु सडक कालोपत्रे आफूले सुरुवात गरेको भन्दै उनले २०५६ सालमा आफू निर्वाचित भएपछि शुरु गरेको काभ्रे एकिकृत खानेपानी आयोजना सम्पन्न गरेर खानेपानी खुवाउनले प्रतिवद्धता व्यक्त गरे । उनले बनेपा बजार क्षेत्रको मापदण्ड ७५ गज कायम गर्न पनि आफूले नेतृत्वसहित पहल गरेको बताए ।

    कार्यक्रममा प्रदेश सभा क्षेत्र नं २ (ख) का प्रत्यक्षतर्फका उम्मेदवार कञ्चनचन्द्र बादले युवाहरुलाई उचित मुल्याकंनसहित भुमिका दिइने बताए । उनले जबजब देशमा संकट पर्छ त्यसबेला कांग्रेसले नेतृत्व गर्नुपर्ने इतिहास रहेको भन्दै उनले संविधानको रक्षाको लागि कांग्रेसको जित आवस्यक भएको बताए ।

    कार्यक्रममा कांग्रेसका प्रदेश महामन्त्री राजु श्रेष्ठ, प्रदेश सभा समानुपातिक उम्मेदवार सुरकृष्ण बैद्य, तरुण दल काभ्रेका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस जिल्ला सदस्य राम जोशी, निर्वाचनका नेपाल तरुण दलको काभ्रे जिल्ला प्रति सुधिर बैद्य, तरुण दल बनेपाका सभापति विजेन रञ्जित लगायतले निर्वाचनमा तरुणहरुको महत्वपूर्ण योगदान हुने भन्दै सोही अनुसार परिचालन गर्न नेतृत्वलाई अनुरोध गरे ।

    कार्यक्रममा तरुण दल बनेपासंग आवद्ध रही निरन्तर कृयाशिल रहेका २८ जना तरुण युवाहरुलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस